मदिराको तालमा उपप्रमुखले कुटे सेवाग्राही

बागलुङ, ३० असार/बागलुङ नगरपालिका बागलुङका उपप्रमुख सुरेन्द्र खड्काले मदिराको तालमा कुटपिट गरेका छन् । सोमबार साँझ बागलुङ बजारको बाटिका रेष्टुरेन्टमा खाजाखान गएका कृषि विकास बैंकका कर्मचारी ऋषि रेग्मी माथि खड्काले अपशब्द प्रयोग गर्दै कुटपिट गरेका थिए ।
‘उपप्रमुख खड्का, बा.न.पा. ११ का वडा अध्यक्ष ज्ञानेन्द् गौतम र बागलुङ नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरी अगाडिनै रेष्टुरेन्टमा मदिराको तालमा रहेछन्, रेग्मी खाजा खाएर पैसा तिर्न काउन्टरमा पुग्दा साथ अपशब्द प्रयोग गर्दै रेग्मीमाथि कुटिपिट गरे ।’
एक प्रत्यक्षदर्शीले भने । कृषि विकास बैंकमा कार्यरत रेग्मीले बागलुङ नगरपालिकाका विभिन्न ठाउँमा
खानेपानी आयोजना निर्माणको कामको समेत जिम्मा लिदै आएका थिए । सोमबार दिउँसो कामको सिलसिलामा नगरपालिकाको कार्यालय पुगेका रेग्मी र त्यहाँका इन्जिनियर त्रिलोचिन गिरीबीच सामान्य भनाभन भएको जनाइएको छ ।
‘दिउँसो कार्यालयमा कामको सिलसिलामा केही भनाभन भएको रहेछ, पछि रातको समयमा रेष्टुरेन्टमा त्यसको रिसमा कुटपिटमा उत्रिएका रहेछन् ।’
प्रत्यक्षदर्शीले भने ।‘रेग्मीसँग तीन जना हुनुहुन्थ्यो, उहाँहरु खाजा खाएर जाँदै गर्दा उपप्रमुख र वडा अध्यक्ष ज्ञानेन्द्र गौतम काउन्टरमा आएर आक्रमणमा उत्रिए ।’ अर्का प्रत्यक्षदर्शीले भन्नुभयो । रेग्मीले निर्माणको जिम्मा लिइएका खानेपानी आयोजना निर्माण गरेवापतको भुक्तानी खड्का संयोजक रहेको अनुगमन समितिले रोकेको थियो । रोकिएको भुक्तानी प्राप्तीका लागि दर्जनौ पटक कार्यालय पुगेका
रेग्मी माथी सुनियोजित रुपमा आक्रमण भएको आरोप लगाएका छन् ।
‘अहिले नगरपालिकामा असार मसान्तको कामको चटारो छ, योजना भुक्तानीका लागि जनप्रतिनिधिले सिफारिस गर्नुपर्छ, इन्जिनियरले त्यसको मूल्याङ्कन गर्नुपर्छ तर ति
जिम्मेवार व्यक्तिहरु दिउँसोबाटै मदिराको तालमा सेवाग्राहीमाथि आक्रमणमा उत्रनु निन्दनीय छ।’प्रत्यक्षदर्शीले भन्नुभयो ।