कोरोना अपडेट : विश्वभर पाँच लाख ६२ हजार १७ को मृत्यु, ७३ लाख २४ हजार ८७० कोरोना मुक्त


महामारीका रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० का कारण विश्वभर पाँच लाख ६२ हजार १७ जनाको मृत्यु भएको छ ।

हालसम्मको तथ्यांक अनुसार विश्वका एक करोड २६ लाख १५ हजार ७४९ जना कोरोना संक्रमित भेटिएका छन् । यस्तै, ७३ लाख २४ हजार ८७० जना भने उपचारपछि निको भएका छन् ।

अहिले विश्वकै कोरोना प्रभावित मुलुक संयुक्त राज्य अमेरिका भएको छ । अमेरिकामा एक लाख ३६ हजार ६५२ जनाको मृत्यु भएको छ भने ३२ लाख ९१ हजार ३८७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको दोस्रो देश हो ब्राजिल जहाँ ७० हजार ५२४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ४ हजार ३३८ जना संक्रमित भेटिएको पुष्टि भएको छ । पहिलोपटक कोरोना भाइरस देखिएको चीनमा भने हालसम्म ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

यस्तै, भारत २२ हजार १४४, इटलीमा ३४ हजार ९३८, स्पेनमा २८ हजार ४०३, फ्रान्समा ३० हजार ४, इरानमा १२ हजार ४४७, बेल्जीयममा ९ हजार ७८१, जर्मनीमा ९ हजार १३०, नेदरल्याण्डमा ६ हजार १३६, टर्कीमा ५ हजार ३२३, स्वीजरल्याण्डमा १ हजार ९६६ जनाको मृत्यु भइसकेको छ ।

विश्वका २१३ मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा १६ हजार ६४९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भइसकेको छ । यस्तै, ८ हजार ११ जना संक्रमित कोरोनामुक्त भएपछि डिस्चार्ज भएका छन् ।आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।