१७ औं राष्ट्रिय धान दिवसमा हंस सहकारी लगाएतका संघ संस्थाले रोपे धान।

सुर्य बराल/चितवन,असार १५/आज धान दिबसको दिन चितवनमा हंस सहकारी लगाएतका बिभिन्न सहकारी एवं संघ सस्थाहरुले १७ औं राष्ट्रिय धान दिवस मनाएका छन् । चितवनको माडीमा एक सहकारी मार्फत संचालन गरिएको सामुहिक चक्लाबन्दी खेतीमा मेसिनले धान रोपेर आज असार १५ धान दिवस मनाइएको छ । बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले मेसिनको प्रयोग गरी धान रोपेर दिवसको उद्घाटन गनुभएकाे थियाे।

त्यस क्रममा उनले कृषिमा आत्मनिर्भर बन्न चक्लाबन्दी खेतीको विकल्प नरहेको बताउनु भयाे। उनले उत्पादन लागत घटाउन प्रदेश सरकारले चक्लाबन्दी खेतीमा जोड दिएको हाे भन्नू भाे। माडीको चक्लाबन्दी खेती सबैलाई उदारण दिने खालको बनाई पयटन भित्राउनु पनै उहांकाे दावि छ। कृषि पयटनमा सबैले लागि पनुपने काम गर्नुहोस ।उहाले चक्लाबन्दी खेती सफल भए मात्र कृषि क्षेत्रमा उत्साहा थपिने धारणका साथ माडी उर्भर भूमि रहेको भन्दै उनले अन्न भण्डारको रुपमा विकास गर्दै लैजानु बताए। साेहि जिल्ला समन्वय समिती प्रमुख कृष्णकुमार डल्लाकोटीले पहिले र अहिलेको माडीमा धेरै परिवर्तन आएको बताउनु भयाे ।माडीमा भएको कामले उत्साहा जगाएको भन्दै चक्लाबन्दी खेती नमूना नै भएकाे बताउनुभयाे।माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीको चक्लाबन्दी खेती बागमती प्रदेशको गौरबको क्षेत्र भएको भनदै ,उहांले लागत घटाउन यन्त्रिकिकरणको प्रयोग गर्दै सामुहिक खेतीमा प्रवेश गरेको कुरा सबैलाई भन्नू नपने बताउनु भाे । सामुहिक खेतीमा माडी नगरपालिकाले सहयोग गरिरहेको र आगामी दिनमा पनि गर्ने उहांकाे प्रतिबद्धता रहेकाे छ ।प्रदेश नम्वर ३ सरकारको सहयोगमा माडी नगरपालिका ८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकिकरण गरी चक्लाबन्दी खेती गने काम सुरु गरेका हुन। ९६ जना कृषकको १०० विगाह जमिनमा चक्लाबन्दी गरिएको हाे। यसबर्ष १५ विगाह क्षेत्रफलमा धान रोप्ने योजना रहेको सहकारीका प्रवन्धक शिवजी गाएकले बताए। सोहि स्थानमा१२ विगाहामा माछा पोखरी निर्माण गरिएको छ भने पाडा पालनको योजना अघि बढाइएको गायकले बताए ।

वागमती प्रदेश सरकारले चितवनको माडी सहित चार जिल्लामा चक्लाबन्दी खेती काम सुरु गरेको छन् । चक्लाबन्दी खेतीका लागि प्रदेश सरकारले ७५ प्रतिशत अनुदान र केन्द्र सरकारले ५० प्रतिशत अनुदानमा यन्त्र उपकरण सहयोग गरेका छन् । गतबर्ष मात्रै सोहि क्षेत्रमा प्रदेश सरकारले १ करोड र माडी नगरपालिकाले १० लाख रुपैंया सहयोग गरेका थिए।मेसिनको प्रयोगबाट धान खेतीमा किसानको ५० प्रतिशतसम्म लागत घट्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले भने। उहांले सामुहिक खेती सफल बनाउन ज्ञान केन्द्रले निरन्तर प्राविधिक सहयोग गरिरहेको बताउनु भयाे।कान्तिपुरमा अधिकांश दलित र त्यसमा पनि गन्दर्भ समुदायको बसोबास रहेकाे छ । करिब ४० हजार जनसंख्या बसोबास गर्दै आएको माडीको विकासको आधार कृषि र पर्यटन नै रहेकाे छ।

चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न खहरे खोलाबाट पीडित माडीवासीले दीर्घकालीन रूपमा यसको समाधान खोजेर कृषि उत्पादन बढाउन सकिने भनाई छ ।कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्की,प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई चितवनका प्रमुख मेघनाथ तिमल्सेना, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख दयाराम चापागाँई, चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ लगाएतको उपस्थिति थियाे।
यसैगरी धान दिवसका अवसरमा भरतपुर १५ श्रीपुरमा समेत धान रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो। अर्गानिक खेती गर्दै आइरहेको हंस बहुउद्देश्यीय सहकारी संस्थाद्वारा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष सहितको टोली ले धान रोपेका थिए ।