असार मसान्तभित्र महसुल नतिर्ने ग्राहकलाई नियमानुसार कारबाही गर्न बाध्य हुने ।

चितवन/भरतपुर खानेपानी व्यवस्थापन बोर्डले आफ्ना ग्राहकहरुलाई बक्यौता रकम समयमै भुक्तानीका लागि
अनुरोध गरेको छ । कोभिड–१९ को यस विषम् परिस्थितिमा पनि यस बोर्डले पानी उत्पादन, वितरण लगायतका सेवाहरु निरन्तर प्रवाह गरिरहेको छ । केही समय बन्द भएको महसुल काउन्टर पनि यथावत् समयमा नै पुनः सञ्चालन भइरहेको छ ।
‘केही अघि पूर्ण लकडाउनको समयमा कतिपय ग्राहकको घरमा रिडिङ गर्न जान नसकेपनि सिष्टमबाट नै न्यूनतम महसुल
कायम गरिएको थियो’, बोर्डका प्रशासन शाखा प्रमुख सञ्जय बरालले भने, ‘यही असारदेखि रिडरहरु मास्क, स्यानिटाइजर लगायत सामान्य सुरक्षाको प्रबन्धसहित सामाजिक दूरी कायम गर्दै घर–घरमा रिडिङ गर्न गइरहेका छन् ।’ रिडरहरुलाई रिडिङमा सहयोग गर्दै असार मसान्तभित्र आफ्नो तिर्नुपर्ने महसुल रकम भुक्तानीका लागि बोर्डले अनुरोध गरेको हो ।
महसुल संकलन हुन नसकेमा पानी उत्पादन र वितरण गर्न समेत समस्या पर्ने भएकोले बोर्डको अवस्थालाई मध्यनजर
गर्दै बक्यौता भुक्तानी गर्न आग्रह गरिएको छ । असार मसान्तभित्र समेत महसुल नतिर्ने ग्राहकलाई नियमानुसार कारबाही गर्न
बाध्य हुने बोर्डले जनाएको छ