बालिका बलात्कार प्रयास गर्ने ब्यक्ति प्रहरी नियन्त्रणमा, मुद्धा मिलाउने वडा अध्यक्ष समेत तानिने संकेत !

सुर्य बराल, चितवन असार, १५ गते/चितवनको भरतपुर महानगरपालिका अन्र्तगतको वडा नं. १८ र २० को सिमा क्षेत्र चनौली बजारमा पिडीत पक्षलाई प्रभावमा पारी बालिका बलात्कार प्रयास जस्तो गम्भिर घटना सामसुम पार्ने वडा अध्यक्षको दुस्प्रयास अन्तत्ः बिफल भएको छ ।

भण्डाफोर अभियान पत्रिका लगाएतका दर्जनौं सञ्चारमाध्यममा समाचार प्रकाशन भएलगत्तै वडाध्यक्ष सहित चनौली बजार ब्यबस्थापन समिती लगाएतका केही ब्यक्तिहरुले घटनाको अनुसन्धान गर्न प्रहरी प्रशासनलाई सहजीकरण गर्नुको साटो आफै प्रहरी, आफै वकिल र आफै न्यायधिश बनि गरेको फैसला र मिलापत्र अन्तत्ः उल्टिएको हो ।

गत् जेष्ठ २० गते घटेको बालिका जबरजस्ती करणी प्रयासको उक्त घटनामा सम्लग्न ति ब्यक्तीलाई वडाध्यक्षले राजनितीक एवं आर्थिक पहँुचकै आधारमा कानुनी कार्बाहीबाट उन्मुक्ती दिने मनाशयले बजारका केही धनाढ्य एवं पहुँचवालाहरुको रोहवरमा आफैं न्यायधिश बनि पिडीत परिवारलाई मानसिक दबाब दिएर सामसुम पारिएको उक्त घटना घटाउने सोही स्थानका ति ब्यक्तिलाई अन्तत्ः चितवन प्रहरीले पक्राउ गरी जर्बजस्ती करणी उधोगमा मुद्धा दर्ता गरेको हो ।

सञ्चार माध्यममा समाचार प्रकाशनमा आएलगत्तै प्रहरीले सुक्ष्म अनुसन्धान गरी पिडीत पक्षको बयान समेत लिई पिडीतको बयानकै आधारमा ति आरोपितलाई गत् शुक्रबार साँझ नियन्त्रणमा लिई हिजो आईतबार चितवन जिल्ला अदालतबाट ७ दिनको म्यादसहित जर्बजस्ती करणी उधोगमा मुद्धा दर्ता गरेको चितवन प्रहरीले जनाएको छ ।

घटना के थियो ?
गत् जेठ २० गते भरतपुर महानगरपालिका २० चनौलीमा रहेको एक हार्डवेयरमा बिहान ८ बजे काँटी किन्न गएकी एक १२ बर्षिया बालिकालाई छिमेककै एक जना प्रौंढ पुरुषले जबरजस्ती करणी प्रयास गरेको भन्दै पिडीतकी आमा बुवा सहितका स्थानियहरुले उनलाई चनौलीकै हाकु कुमालको घरमा केही घण्टा थुनेर १८ नंं. वडाका वडाध्यक्ष दिपक लामालाई बोलाएका थिए ।

घटनाबारे बुझेपछी नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष लामाले प्रहरीमा खबर गर्नुपर्नेमा उल्टै बलात्कार प्रयासमा सँम्लग्न नेपाली काँग्रेसकै समर्थक ति ब्यक्तिलाई त्यहाँबाट छुटाएर उनको आफ्नै घरमा पुर्याएका थिए । केही समय पिडकसँग छुट्टै बसेका वडाध्यक्ष लामाले पिडीतहरुलाई समेत त्यँहि बोलाई यो कुरो प्रहरीमा लैजान नहुने भन्दै पिडीतलाई मिल्न चौतर्फी दबाब दिएका थिए । भण्डाफोर अभियानलाई भरपर्दो श्रोतले दिएको जानकारी अनुसार लामाले ति पिडीतका बाबु आमालाई हप्काएर यदि तिमीहरु मिल्दैनौ भने तिमीहरुको बारेमा पनि बजारमा धेरै कुरा आएको छ । यहाँ बस्ने भए मिलापत्र गर नत्र भोली यो ठाँउमा बस्न र ब्यबसाय गर्न अफ्ठेरो हुनसक्छ भन्दै थर्काएको श्रोतको दाबी छ ।

आफ्नो पार्टीका सदस्य भएकै आधारमा उक्त घटनामा मुछिएका ति पुरुषलाई कानुनी उन्मुक्ती दिन वडाध्यक्षले कानुनको समेत खिल्ली उडाउदै बालिका जर्बजस्ती प्रयास जस्तो गम्भीर आपराधीक कार्यलाई ढाकछोप गरी गुपचुपमै मिलाएको स्वंय स्थानीयहरु बताउछन् ।

प्रहरीलाई किन निश्क्रिय गरियो ? थप शकांष्पद
घटना घटेको ठाँउबाट ईलाका प्रहरी कार्यालय चनौली केही १०० मिटरको दुरीमा भएपनि बालिका बलात्कार प्रयास जस्तो गम्भिर घटनामा स्थानीय प्रहरी निश्क्रिय र मुकर्दशक बस्नु घटना दबाउनुमा स्थानिय प्रहरी सम्लग्नताको आशंका गर्ने प्रशस्त आधार भेटिन्छ ।

घटना राजनितीक दबाब र प्रभावमा मिलाईदै गरेको थाहा पाएर पनि बजार ब्यबस्थापन समिती र वडाध्यक्षको दबदबाको अगाडी प्रहरी मुकर्दशक बनेको चनौली प्रहरी निकट एक श्रोतको दाबी छ । श्रोतले भन्यो, घटना घटेको दुईदिन भन्दा बढी समय अर्थात २२ गते सम्म के खिचडी पकाएका थिए वडाध्यक्षले ? अनि यस्तो लकडाउनमा ठुलो जनघनत्व नभएको ग्रमिण क्षेत्रको घरको आँगनमै हुलका हुल मानिसहरुको पटक पटकको सार्बजनिक जमघट हुँदा प्रहरी मस्त निन्द्रामा थियो की चौंकी पुरै खाली ? वा स्थानिय प्रहरी वडाअध्यक्षकै निर्देशनमा कानमा तेल हालेर बसेको थियो ?
राजनितीक एवं आर्थिक पहँुचवाला बजारीयाहरुले प्रहरीलाई के आधारमा पुरै निश्क्रीय एवं निकम्मा बनाए, यो गम्भिर बिषय हो । यस बिषयमा प्रहरीका उपल्लो निकाय सचेत एवं सजग भई जनताको सेवक, कानुनको रक्षक, नेपाल प्रहरीलाई थप होसियार बनाउनुपर्ने देखिन्छ ।

मुद्धा मिलाउने वडा अध्यक्ष समेत तानिन सक्ने !
यसैबिच, बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी आरोपको केश स्थानिय स्तरमै मिलाउने कार्यमा सम्लग्न वडाअध्यक्षहरु अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालयमा तानिन सक्ने भएका छन् ।
घटना मिलाउन मुख्य भुमिका खेलेको आरोप लागेका १८ नं.को वडाध्यक्ष दिपक लामा, घटना मिलापत्रको बेला उपस्थित र मिलापत्र गराउन लागीपर्ने अन्य ब्यक्तिहरु पनि आवश्यक्ता अनुसार तानिन सक्ने चितवन प्रहरी कार्यालय निकट एक श्रोतले जानकारी दियो ।

श्रोतका अनुसार पिडीत पक्षलाई मानसिक दबाब दिएर मुद्धा मिलाउने प्रयास गरेको प्रारम्भिक अनुसन्धानमा देखिएकोले आवश्यक्ताअनुरुप उनीहरु पनि तानिन्छन् ।