प्रहरी निरीक्षक नै घूससहित नियन्त्रणमा

हेटौँडा/मकवानपुरको भीमफेदी प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक रायलाई बागमती प्रदेश प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयबाट गएको प्रहरीको टोलीले उनलाई भीमफेदी–६, स्थित सगरमाथा होटलबाट स्थानीय ठेकेदार दुर्गा लामाबाट १२ हजार घूस लिँदै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो ।

त्यस्तै प्रहरी निरीक्षक राय टिप्पर चालकहरुबाट असुली, जुवाखालबाट असुलीलगातयका विभिन्न लेनदेनको मामिलामा सक्रिय रहेको भन्ने गुनासो आएपछि प्रदेश प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।