भरतपुरमा वडाध्यक्षको न्याय : ९५ बर्षिय दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइयो !

चितवन/ चितवन भरतपुर महानगरपालिकाका वडाध्यक्षहरुको चर्तिकला र कर्तुत एकपछी अर्को सञ्चार माध्यममा पर्दाफास भईरहेको छ । केही दिन अघि मात्र १८ नं.का अध्यक्ष दिपक लामाको नेतृत्वमा बालिका बलात्कार प्रयास जस्तो गम्भिर फौंजदारी मुद्धालाई आफै न्यायधिश बनि स्थानीय स्तरमा केश डिसमिस गराएका थिए । त्यस्तै अर्का वडाध्यक्षको कार्यले यतिखेर भरतपुर महानगरकै राष्ट्रिय स्तरमा बेइज्त बनाएको छ । घटना हो,२१ नम्वरमा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको !

पार्वतीपुरका एक ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएसँगै भरतपुर महानगर फेरी एक पटक राष्ट्रिय चर्चामा आएको छ । घरको दायाँ–बायाँ पर्याप्त मात्रमा खाली जग्गा रहे पनि दृष्टिविहीन बृद्धा सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको हो ।
वडा अध्यक्ष चित्रसेन अधिकारी आफैँ संयोजक रहेको उक्त समितिले पार्वतीपुरमा खानेपानीको पाइप बिछ्याउने काम गर्दा सो घरमा दृष्टिविहीन वृद्धा र अस्वस्थ रहेका उनका ५२ वर्षीय छोरा पदमराज अधिकारी बस्दै आएको थाहा पाई पाई समितीले उक्त घर फोरर पाईप बिच्छ्याएको जानकारहरु बताँउछन् । खानेपानीको पाइप बिछ्याउने बेलामा घरको गाह्रो नै भत्काइएपछि घरसमेत भत्किने जोखिममा परेको छ ।

खानेपानीको पाइपलाइन विस्तारको क्रममा बृद्धाको घरलाई छलेर खन्न पर्ने अवस्था बिधमान रहदा रहदै समितीले पेलेर घर भत्काएको स्थानीय तथा अधिवक्ता नारायण गिरीले बताए । गिरीले सामाजिक सञ्जालबाट वडाध्यक्ष नेतृत्वको उक्त हर्कतको कडा आलोचना गरेपछी अहिले यो बिषयले स्थानिय एवं राष्ट्रिय स्तरका सञ्चरमाध्यममा भाईरल बनेको छ । यसैबिच, वडा नम्बर २१ का वडा अध्यक्ष अधिकारीले आफूबाट गल्ती भएको भन्दै गल्ती सच्याउने प्रतिक्रिया दिए ।