नेतृत्वविहीन’ र ‘असंगठित’ समूहको सरकारविरोधी प्रदर्शन देशव्यापी बन्दै

काठमाडौँ/कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै युवाले काठमाडौंसहित मुलुकका विभिन्न सहरमा सरकारविरुद्ध प्रदर्शन चर्काएका छन् ।

सार्वजनिक स्थलमा सभा, समारोह, भीडभाड र प्रदर्शन गर्न नपाउने सरकारको निर्णय अवज्ञा गर्दै ‘नेतृत्वविहीन’ र ‘असंगठित’ समूहले प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

कोरोनाको पीसीआर परीक्षण दायरा बढाउनुपर्ने, क्वारेन्टाइन र आइसोलेसन सुधार गर्नुपर्ने, विदेशमा रहेका नेपालीलाई सुरक्षितसाथ नेपालमा ल्याइनुपर्ने, स्वास्थ्य सामग्री खरिद अनियमितता छानबिन हुनुपर्ने, खर्च पारदर्शी बनाउनुपर्नेलगायत मागसहित उनीहरू सडकमा उत्रिएका छन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।