निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत संशोधन विधेयक पारित भएसँगै देशभर खुसीयाली

काठमाडौं/प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि चितवन, राजधानी काठमाण्डौं लगाएत देशभर खुशियाली मनाइएको छ ।

निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक दुई तिहाइ भन्दा बढी सभाषदहरुको मतले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको हो । उपत्यकाको माइतिघर मण्डला चितवनको भरतपुर लगायतका ठाउँहरुमा उपस्थित सर्वसाधारणहरुले सडकमा नेपालको नक्सा बनाएर खुशियाली मनाएका हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिबार निशान छापमा प्रयोग गर्ने सम्बन्धि विधेयकलाई प्रतिनिधिसभाले सर्वसम्मत पास गरेको छ । प्रतिनिधिसभाको बैठकमा उपस्थित २ सय ५८ जना सांसदहरुले संविधान संशोधन विधेयकको पक्षमा मतदान गरेका थिए ।