आजको मौसम यस्तो रहने !

काठमाडौ/जल तथा मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जनाएको छ । नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व –पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ।अहिले प्रदेश १, बागमती प्रदेश, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य वदली रही बाँकी भूभागमा आंशिक वदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरू तथा कर्णाली, सुदूरपश्चिम र प्रदेशका ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आह्वान समेत गरेको छ । यसै गरि महाशाखाले अधिकांश प्रदेशमा राति मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको पनि जनाएको छ ।