संविधानसभा सदस्य सिग्देललाई मातृशोक

संविधानसभाको सदस्य टुकराज सिग्देललाई मातृशोक परेको छ । सिग्देलको माता हुमकुमारी सिग्देलको यही जेठ १९ गते ९३ वर्षको उमेरमा मृत्यु भएको हो । १९८५ पुसमा जन्मनुभएको स्वर्गिय हुम कुमारी सिग्देलको १ छोरा सहित ६ जना छोरीहरु रहेका छन् ।
तनहुँ जिल्लाको भीमाद नगरपालिका वडा नं १ को वोमामा हिन्दु परम्परा अनुसार क्रियामा रहनु भएको संविधानसभाका सदस्य टुकराज सिग्देल २०५६ सालमा प्रतिनिधीसभामा र २०७० सालको संविधानसभाका निर्वाचित सदस्य समेत हुन । साथै वहाँ नेकपा केन्द्रिय सल्लाहकार समितीका निर्वतमान सदस्य समेत हुन् ।