कोराना कहरमा एक छोराको पितालाई मार्मिक पत्र !

आदरणीय बुबा
सास्टङ्ग दण्डवत प्रणाम ।
म स-परिवाआराम छु, त्यहा सन्चै हुनहुन्छ भनेर सोधु भने पनि
कोभिड-१९ को महामारीले बिश्वभर तहस नहस हुदा उराँठ लाग्दो दिन, कालो रात, मनभरी पिडा उकुस-मुकुस गन्थन-मन्थन अनगिन्ति कौतुहलता कती धेरै होलान है ?
आज भोलि सपना पनि सारै नराम्रो देख्ने गर्दछु बुवा १
सबैजना आफ्नो मातृभूमि (जन्म स्थान) फर्किए तिमीहरू पनि आउ बाबु भन्नु भएको थियो कारण बस समय न मिल्दा आउन सकिएन ।
यहाँ मलाई ठिक छ भनौ भने कसरी भनौ, मलाई ठिक छैन भनौ भने बुवाको मन कटक्क, छिया-छिया हुन्छ होला ।
आमालाई भनु भनी पनि हामी बाट टाढाहुनु भएको आज १२ बर्ष भएको छ, भाईलाई सुनाई दिनुहोला दाई स-कुसल छ भनेर मेरो खवर ।
आफन्त नातागोता , ईस्टमित्र , साथी(भाई कसैले सोधीहाले भने ठिकै छ रे भन्दिनु होला । आज कोभिड-१९ को महामाारीको डर, त्राास र भयले मन भित्र-भित्रै खाईरहेको छ । यो शहरमा साथीहरु सग डराउनु पर्ने म तर्सित भएको छु। कुनै दिन देश र जनाताको सेवा मा लामबद्द भएर माम जन मानसमा ताजै छ , तर तपाईको छोरा कायर र निकम्मा हैन र छैन पनि । अहिले यो परिस्थितिमा चाहेर पनि बेसाहाराहरुको सहयोग गर्न नपाउदा सारै मन खीन्न हुन्छ। थाहा पनि छ दुश्मन के हो कस्तो हुन्छ भनेर। तर त्यो अदृष्य दृस्ठि बिहिन दुस्मनले कती बेला कस्लाई कुन ठाउ आक्रमण गर्छ थाहा नहुने रहेछ ।
बाहिर बिदेशमा भएका हाम्रा दाजुभाई-दिदी बैनीहरु बिदेशी भुमिमा पसिना बगाउदा यो कोभिड-१९ को महामारीमा के गर्दै होलान?
उनीहरुको याद,माया र चिन्ताले मन भतभत पोल्छ र तड्पाई रहन्छ बुबा ।
देश ,बिदेशमा रहने आम मानव मा को धनी,को गरीव,साना(ठुला आफ्ना पराई सबै-सबैलाई आजित पारेको छ। यो महामारीले मात्र ८ जना महिला , पुरुष र बच्चा ज्यान लिई सकेको छ । आफन्त देखी आफ्नै शरीर सग आफैलाई डर र त्रास ले सिथिल बनाई सकेको छ बुबा । यो जेष्ठ र आसाढ बर्षा महिना मौसमले पनि साथ न दिएको यो समयमा कस्लाई बिस्वास गर्नु कस्लाई नगर्नु दोधार मै जिउनु परेको छ ।
उमेर ४० जती काटी सक्दा पनि आफ्ना यि बाल बच्चालाई राम्रो शिक्षा
शहरमा सानो घर ,गाडीको चाहना मै सिमित रहेयो केबल संयोग मात्र रहेकोे छ, केही कमाउन ,जमाउन नसकेता पनि तपाईको छोरोले इज्जत र ईमान भने कहिले गुमाएको छैन बुबा ।
तर यो पापी समाज सारा दुनिया सामु सधै हसिलो मुहार,चौड़ा छाती बनाएर तपाईको छोरोले मुख छोपेर लज्जित भएर हिडनु परेको छैन त्यसैमा गर्ब छ !
दैबले लेखेको समयको खेल कसरी लेखा जोखा गर्नु बुबा !
यो शहरमा कुन बिहान, कुन मध्यानदिन, कुन साँझ र कुन मध्यरात सुनसान मानव बस्ती चौबाटाहरुमा,चौक,बजार , पिल पिल बत्ती पार्क मानव बस्तीहरुमा हराई रहेको छु अजै त आजित भै पराजित भएर भाग्नुपरेको छैन। आफन्त, मित्र र दुस्मन विभिन्न अबरोध बाट बाच्न धेरै कोसीस गरिरहेको छु। दुस्मनलाई पराजित गर्न तर खै बुवा,अब त!
यो महामारी बाट बिजय हुन हार भन्दा मृत्यु ठुलो रे हामी जनताको सेबकलाई हाम्रो पुर्खाले आर्जेको नेपाली भुमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतीय सेनाले परेड खेलिरहेको त्यो भुमि अतिक्रमण गरेको देख्दा र सुन्दा एकपटक फेरी यो नाफाको जिन्दगीलाई अर्पण गर्ने सोच लिएको छु।
म हार मान्ने वाला छुइन,मलाई मृत्यु पटक्कै स्वीकार्य छैन।
अन्त्यमा
मेरो प्रत्येक भेट र बिदाईलाई पहिलो र अन्तिम सम्झिदिनु
मेरो माया र सम्झनालाई कहिले काहीं याद गरिदिनु ।

तपाईको छोरा
चुडा बहादुर खड्का-मिलन
हाल बाग्मती प्रदेश, काठमाडौं