विदेशबाट फर्किएका नेपालीलाई १५ सयमै कोठा दिने घोषणा

काठमाडौं/विदेशबाट फर्किएका नेपाली कामदारलाई क्वारेन्टाइनमा राख्न तारे र अन्य होटेलहरूले १५ सयसम्ममै कोठा दिने भएका छन् ।

तारे होटेलहरूले गत जेठ १२ गते होटेलका कोठालाई क्वारेन्टाइन बनाउन सहमत भए पनि शुल्क महँगो भएपछि सरकारले घटाउन माग गरेको थियो । होटेल संघ नेपाल ९हान०ले आइतबार पर्यटक स्तरका होटेलहरूले प्रतिबेड १५ सयमै राख्न दिने निर्णय गरेको छ ।

एउटा कोठामा एकजना मात्रै बस्दा भने २ हजार रुपैयाँ तिर्नुपर्ने छ । यो शुल्कमा होटलहरूले दिनको चारपटक पौष्टिक आहारसमेत खुवाउने हानका महासचिव साजन शाक्यले बताए । यो समाचार आजको नयाँ पत्रिकामा छ ।