बटुवाहरूको भोक र तिर्खा मेटाउँदै सक्षम नेपाल !

चितवन/चितवनका युवा सामाजिक अभियन्ताहरुको साझा संस्था सक्षम नेपालले लक डाउन को कारण अलपत्र परेका बटुवाहरुको भोक र तिर्खा मेटाउने काम गरेको छ। संस्थाले कोराना भाइरसको महामारी र लक डाउन को कारण सडकमा अलपत्र परेका बटुवा,श्रमिक र स्थानीय निमुखाहरूको भोक मेटाउने काम गरेको हो।

लक डाउन शुरू भएदेखि नै दिन दुःखी र चुलो नबलेका श्रमिकहरुको घरमा चुलो बाल्ने अभियानमा लागेको सक्षम नेपालले हिजो शुक्रबार देखि नारायणगढको पुलचोकमा भोकाएका र तिर्खाएका हरुलाई निशुल्क चाउ चाउ र पानी वितरण गरिएको थियो। हिजो शुक्रबार र आज शनिबार गरी एकहजार जनालाई चाउचाउ बिस्कुट र पानी वितरण गरिएको सक्षम नेपालका अध्यक्ष प्रकाश थापाले जानकारी दिए। संस्थाले यो कामलाई निरन्तरता दिँदै जाने अध्यक्ष थापाले बताए।यसै बीच भोली आइतबार संस्थाले गैंडाकोट र भरतपुरमा रहेका १५ दृष्टि विहिन घर परिवारलाई राहत वितरण गर्न लागेको संस्थाकी संरक्षक सिता कुँवरले बताईन् । उनले भनिन् “भोकाएका हरूको भोक तिर्खा मेटाउनुका साथै चुलो निभेका हरूको चुलो बाल्ने कामलाई निरन्तरता दिईनेछ।”