कोरोनाले भयावह रुप लिएको भारतमा फेरि सलहको आतंक

काठमाडौं/कोरोना भाइरसको महामारीले त्रसित बनाइरहेको भारतमा सलहले थप त्रास बढाएको छ । अफ्रिकी मुलुकबाट इरान र पाकिस्तान हुँदै भारत भित्रिएको सहल फट्यांग्रा प्रजाति अन्तर्गतको कीरा हो ।

सलहले खाद्यान्न बालीलगायतका कृषि उपजलाई क्षति बनाउने भएकाले यसलाई फौजी कीराकै वर्गमा राखिन्छ । विगतमा वर्षहरुमा सलहको हुल भारतलगायत दक्षिण एसियाको भागमा असारको दोस्रो सातातिर आउने गरेकोमा यसवर्ष केही पहिले नै आएको छ ।

जसले गर्दा कोरोना महामारीका कारण अर्थतन्त्र नै धराशायी हुने हो कि भन्ने चिन्ता व्यक्त भइरहेको बेला सलहको प्रकोपले खाद्यान्न बालीमा क्षति हुन गइ थप संकट गहिरिने त्रास बढेको हो। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।