हंस सहकारीद्धारा क्रृणी सदस्यहरुलाई ब्याज छुट !

सुर्य बराल/१४ जेष्ठ, चितवन/नारायणगढ बजारमा प्रधान कार्यालय रहेको हंस बहुउधेश्यीय सहकारी सस्थाँले आफ्ना सदस्य क्रृणीहरुलाई ब्याज छुट दिने भएको छ । बिश्वब्यापी महामारीको रुपमा आएको कोभिड १९ र लक डाउनको कारण आर्थिक उपाजर्नमा समस्या परेको अवस्थामा सदस्यहरुलाई राहात दिदै हंसले यस्तो योजना ल्याएको सस्थाका अध्यक्ष दिनेशकुमार चुकेले जानकारी दिनुभयो ।

आसन्न अषाढ मसान्तमा बढी भन्दा बढी कर्जा असुली होस भन्दै सस्थाले यस्तो योजना ल्याएको अध्यक्ष चुकेको भनाई छ । सस्थाले २०७६ चैत्र ११ देखि बन्दाबन्दी अबधीको ब्याज छुट दिन लागेको हो । सस्थाले जेष्ठ मसान्त भित्र सावाँ रकमको किस्ता र ब्याज बुझाएमा ब्याजको १० प्रतिशत छुट गर्न लागेको प्रबन्धक श्याम बन्धु पोख्रेलले जानकारी दिनुभयो ।

जेष्ठ मसान्त पछी अषाढ मसान्तसम्म समेत ५ प्रतिशत छुट पाईने प्रबन्धक पोख्रेलले जानकारी दिनु भयो । मानविय सेवा र सामाजिक कार्यमा समेत सक्रिय हंस सहकारीले कृषि क्षेत्रमा समेत उत्पादनमुलक कार्य गर्दै आईरहेको छ ।