पर्यटन प्रवर्धनका लागी कुलुङ्गमा पदमार्ग निर्माण

व्यास–१४, कुलुङ्ग/तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नं १४ मा रहेको कुलुङ्गमा पर्यटन प्रवर्धन गर्ने उद्येश्य स्वरुप पदमार्ग निर्माण गरिएको छ । जिल्लाको चर्चित होम स्टे रहेको कुलुङ्गमा थप पर्यटनको प्रवर्धन गर्नका लागी पदमार्ग निर्माण गरिएको हो । व्यास नगरपालिका वडा नं १४ को चालु आर्थिक वर्ष ०७६।०७७ को ३ लाख वजेट वाट पदमार्ग निर्माण गरिएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिनुभयो ।

विश्वमा नै चर्चित पर्यटकिय स्थल वन्दिपुर जाने मार्गमा पदमार्ग निर्माण गरिएको हो । भौगोलिक र पर्यटकिय दृष्टिकोणले सामरिक रहेको कुलुङ्कमा पदमार्ग निर्माण पछि त्यसको थप गरिमा वढ्ने स्थानिय शिक्षक कृष्ण वहादुर थापाले जानकारी दिनुभयो । यो आफैमा भौगोलिक सुन्दरता वोकेको स्थान हो । त्यसमाथि पनि यहाँको होम स्टेले स्थानिय पाहुना मात्र होईन, देश तथा विदेशको पाहुनाहरु समेत आउने गर्दछन्, वडाध्यक्ष श्रेष्ठले वताउनुभयो ।

वन्दिपुरवाट रामकोट हुदै कुलङ्ग सम्म आउनेहरुका लागी कुलुङ्ग रमणीय स्थान भएको हुनाले यसको संरक्षण का लागी पनि वडाले विशेष महत्व दिएको वताउनुभयो । आन्तरिक तथा वाह्य पर्यटकलाई आर्कषण गर्न सकियो भने यो क्षेत्रको समाजिक र आर्थिक अवस्था सवल वनाउन सकिन्छ, यसका लागी वडाले कुलङ्गवासीको सहकार्यमा पदमार्ग निर्माण गरेका हौ, वडाध्यक्ष श्रेष्ठले वताउनुभयो ।

मुलुक नै लकडाउनको अवस्थावाट गुज्रको भएता पनि समाजिक दुरी कायम गरि ढुङ्गैढुङ्गाको पदमार्ग निर्माण गरिएको हो । करिव ७५ प्रतिशत काम भईसकेको पदमार्ग हाल ३०० मिटर लामो वन्ने वडाले जनाएको छ । सक्रिय जनसहभागितामा काम भईरहेको पदमार्गको निर्माण पछि कुलुङ्गको समग्र विकासमा थप टेवा पुग्ने वडाध्यक्ष काजीमान श्रेष्ठले वताउनुभयो ।