कोरोना विपत्ति : प्रकृति र वातावरणीय असन्तुलनको प्रभाव !

अन्ततः विश्वको शक्तिशाली मुलुकहरु समेत समयको यो चक्र सँगै कमजोर सावित भएर हार स्वीकार्न विवश वनेका छन् । अहंमताको कुनै पनि परिधि हुदैन रहेछ, स्थान र भुगोल अनुसार अहंमताको आयामहरु देख्न सकिन्छ । भौगोलिक वनावट र प्राकृतिक उपमा विचको अहंमता अन्तत मानव जातिको लागी मात्र नभै अन्य सजिव वस्तुका लागी समेत प्रतित्पादक वनिदिदोरहेछ ।

मानव जातिलाई वाँच्नका लागी गाँस, वाँस र कपास मात्र होईन, वातावरण प्रधान हुन्छ । प्राकृतिक अनुपमता साध्य हो जीवनका । जसलाई वाहिर राखिएर गरिएको जीवनको परिभाषा पुर्ण वन्न सक्दैन । प्राकृतिक विनास र वातावरणीय असन्तुलनलाई अव पनि समयमा नै चिर्न सकिएन भने कोरोना रोग केहि समयका लागी विश्राम लिएता पनि प्रकृतिले नयाँ रोगका आविश्कार गरेर मानव जातिको यो ज्यादतीका विरुद्ध आफनो उपस्थिती प्रकट गरिरहन्छ । वातावरण र प्राकृतिकका लागी देश होईन, भुगोल प्रधान हुन्छ, मानव निर्मित देश र सीमामा यसको परोक्ष सरोकार राख्दैन । जहाँ प्रकृतिको वढि दोहन र वातावरणी प्रतिकुल हुन्छ, त्यहाँ वढि विनास निश्चित रहन्छ । जुन नियम प्रकृतिमा पनि लागु हुन्छ ।  

चेतनाको विविधता भित्र पनि अहंमताको परिधि फरक फरक हुँदो रहेछ । यसको आयम भित्रको विविधतामा पाईने एकलव्यतामा अहंमताको अणु पाईन्छ । जसरी विश्वमा देशिय मान्यतामा समानता पाईदैन, मानव जातिमा पनि समानता पाईदैन । गुण र दोषको आधारमा भन्दा पनि अहंमताको पराकाष्ठमा त्यसको मापन गरिएको हुन्छ ।
विश्वमा नै अनेकौ प्रकारको देशिय शितयुद्ध जारी रहिरहदाँ एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफुलाई सर्वश्रेष्ठ दावी गर्नेहरुलाई कोरोना रोगले शितल वनाईदियो । भौतिक संरचना विकासका लागी एउटा सुचक हुन सक्ला, तर समग्रता हुन सक्दैन । भौतिक र आर्थिक रुपमा सम्पन्नतालाई नै सफलता ठान्नेहरु कोरोनाका अगाडी निरिह सावित भईदियो । संसारका सवै वस्तुमा आफनो अधिपत्य जमाउन खोज्नेहरुले प्राकृतिक विपत्तिका अगाडी लम्पसार वनिदियो । यहि प्रकृतिको महिमा वुझन नसक्दा विश्वका शक्तिशालि मुलुकहरु हायकायल भईरहदाँ अवको विकल्प के भन्ने वारेमा पनि वैचारिक वहसमा कृषिलाई मान्न सकिन्छ । कृषिको अधिकतम प्रयोगले नै वातावरणिय सन्तुलनका साथै प्राकृतिक वातावरणलाई नै सहज वनाउन सकिन्छ । त्यहि सहजता भित्र नै मानव जीवनको सुन्दर पक्ष समेटिएको हुन्छ । विश्व नै कोरोना रोगले विक्षिप्त वनिरहदाँ प्राकृतिकको रक्षा र वातावरणीय अनुकुलका लागी कृषि नै अवको मुख्य वाटो हो भन्ने कुरामा अव अल्मलिनु हुदैन । युगमा विश्वस्त हुन नसके पनि आश्वस्त भईरहदाँ कलियुगको अवको समाप्ति भनेको यहि समय पछि आरम्भ युग भनेको अवको युग वन्न सक्दछ । हतियार सहित परमाणुको उत्पादन र त्यसले प्राप्त गर्ने शक्तिका अगाडी प्राकृतिक विपक्तिका कारण भोगेको मानवीय क्षतिले पनि समग्र विश्व संरचना गलत दिशा तर्फ गईरहेको पुष्टि हुन्छ । शक्तिका लागी गरिने अस्त्र त केवल साधन मात्र रहेछ भन्ने प्रमाणित भएको छ । हतियार वाट प्राप्त भएका शक्ति क्षणिक र विनासकाले तथा दम्भमिश्रित हुने रहेछ, त्यहि अहंमता र दम्भ ले मानव जातिलाई अन्तत विनास तर्फ अग्रसर गराउदछ भन्ने कुरा कोरोना रोगले पुष्टि गरेको छ । विश्व सुचकांकको मापन विषय आर्थिक, भौतिक र हतियार सहितको शक्ति लाई मात्र मान्यता दिएता पनि यो गलत सावित भएको छ । प्राकृतिक र वातावरणीय प्रभावलाई वाहिर राखेर गरिएको सुचकांकले यो परिभाषालाई उल्टाईदियो । कोरोना रोगका वारेमा विश्वका सर्वशक्तिमान राष्ट्रहरु समेत हार मानेका सन्दर्भमा वातावरणिय पर्यावरण र प्राकृतिक सन्तुलन नै मुख्य कारण रहेछ भन्ने समेत अझै सोच्न सकेको पाईदैन ।

मानव जातिले अवका दिनमा आफनो अस्तित्वको रक्षागर्ने हो भने प्रकृतिको संरक्षण र वातावरणीय अनुकुलतामा ध्यान दिनुपर्ने हुन्छ । प्रकृतिको निश्चित परिधि हुदैन, समग्रतामा धर्तिमा आफुमा परेको प्रभावलाई नै यसले नियमन गर्दछ । जुन नियमन अहिले कोरोना रोगका माध्याम वाट गरिरहेको छ । आफुलाई सर्वशक्तिमान भन्ने देशले मात्र होईन, भुगोलमा सानो देशले समेत यो वुझन जरुरी भईसकेको छ । विकास र प्रतिष्पर्धाका नाममा गरिने अस्वस्थ गतिविधिको समयमा नै न्युनकरण र अन्त्य गर्न सकिएन भने मानव जातिको पतन निश्चित छ । विषयको गाम्भिर्यताको विविधतामा सकारात्मक वहसले नै अहिलेको निकास दिन सक्दछ । नत्र दम्भ र अहंम मिश्रित यहि भावले लामो समयसम्म हामी हाम्रो अस्तित्व जोगाउन सक्दैनौ ।

मानव जातिलाई वाच्नका लागी गाँस, वाँस र कपास मात्र होईन, वातावरणीय अनुकलु प्रधान हुन्छ । प्राकृतिक अनुपमता साध्य हो जीवनका । जसलाई वाहिर राखिएर गरिएको जीवनको परिभाषा पुर्ण वन्न सक्दैन । हामी मानव जाति यहि कमीकमजोरीमा टेकेर वाँचिरहेका छौ । त्यसै कमजोरीमा हामी विलिन हुदै छौ । वेलावेलामा हुने प्राकृतिक विपक्तिमा समेत लापरवाही र विकासका नाममा गरिने तिकडम अहिले विश्वमा नै मानव जातिका लागी महंगो वनिदियो । मानव जातिको जन्म सँगै मृत्यृ पनि निश्चित भएजस्तै प्राकृतिको पनि यो चक्र चल्ने गर्दछ, फरक यति मात्र हो कि हामी समय अवधि भित्र नै विलिन हुदैछौ । मानव जातिले प्रकृति र वातावरण सँग समन्वय गर्न सक्दछ, नकि चुनौती, त्यहि चुनौतीको परिणाम हो, कोरोना । प्रकृतिको प्रतिनिधीको रुपमा आएको कोरोना लाई समयमा नै चिन्न सकेनौ भने भोलीका दिनमा आउने भयाभह अवस्थाको सिर्जनामा कसले जिम्मेवारी लिने ? हरेक वस्तुका आफनै सीमा र परिधि रहेको हुन्छ, त्यही परिधिमा रहेर अगाडी वढ्न सकेमा नै त्यसले ग्रहण गर्न सक्दछ । परिधि र सीमा भन्दा वाहिर गएर गरिने हत्कण्डाका उपज कोरोना हो । प्राकृतिक विनास र वातावरणीय असन्तुलनलाई अव पनि समयमा नै चिर्न सकिएन भने कोरोना रोग केहि समयका लागी विश्राम लिएता पनि प्रकृतिले नयाँ रोगका आविश्कार गरेर मानव जातिको यो ज्यादतीका विरुद्ध आफनो उपस्थिती प्रकट गरिरहन्छ । वातावरण र प्राकृतिकका लागी देश होईन, भुगोल प्रधान हुन्छ, मानव निर्मित देश र सीमामा यसको परोध सरोकार राख्दै, जहाँ प्रकृतिको वढि दोहन र वातावरणी प्रतिकुल हुन्छ, त्यहाँ वढि विनास निश्चित रहन्छ । जुन नियम प्रकृतिमा पनि लागु हुन्छ ।
विश्वका नै शक्तिशाली देशहरु विभिन्न रोगका रोग प्रतिरोधक औषधीहरु उत्पादन र रोग नियन्त्रणमा सफल भईरहदाँ यो रोगसँग लड्ने औषधीको निर्माण गर्न किन असफल भए ? गम्भिर रुपमा सोच्न जरुरी भईसकेको छ । धर्तिका तापक्रम होस वा, वातावरणको अवस्था, यो सवैमा परिधीको सीमा पाउन सकिदैन ।
मानव जातिले अवका दिनमा आफनो अस्तित्वको रक्षागर्ने हो भने प्रकृतिको संरक्षण र वातावरणीय अनुकुलतामा ध्यान दिनुपर्ने हुन्छ । प्रकृतिको निश्चित परिधि हुदैन, समग्रतामा धर्तिमा आफुमा परेको प्रभावलाई नै यसले नियमन गर्दछ, जुन नियमन अहिले कोरोना रोगका माध्याम वाट गरिरहेको छ । आफुलाई सर्वशक्तिमान भन्ने देशले मात्र होईन, भुगोलमा सानो देशले समेत यो वुझन जरुरी भईसकेको छ । विकास र प्रतिष्पर्धाका नाममा गरिने अस्वस्थ गतिविधिको समयमा नै न्युनकरण र अन्त्य गर्न सकिएन भने मानव जातिको पतन निश्चित छ । विषयको गाम्भिर्यताको विविधतामा सकारात्मक वहसले नै अहिलेको निकास दिन सक्दछ । नत्र दम्भ र अहंम मिश्रित यहि भावले लामो समयसम्म हामी हाम्रो अस्तित्व जोगाउन सक्दैनौ ।