गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको काम सुरु

भैरहवा /नदीजन्य पदार्थ सहज उपलब्ध हुन थालेपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढेको छ । नदीजन्य सामग्रीको अभावले उपकरण जडानको मात्र काम हुँदै आएकामा अहिले निर्माणको बाँकी काम पनि अगाडि बढेको विमानस्थल विस्तार आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले नदीजन्य पदार्थ उपलब्ध गराएपछि निर्माण अघि बढेको उनले बताए । उपमहानगरपालिकाले आयोजनाका लागि तिनाउ नदीबाट नदीजन्य सामग्री बालुवा र गिट्टी उपलब्ध गराएपछि विमानस्थल निर्माणको बाँकी काम अगाडि बढेको हो ।

राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसँगको समन्वयमा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।