प्रजातन्त्रका सेनानी पाठकको निधनले अपुरणीय क्षति : कांँग्रेस

बैशाख २७, चितवन । प्रजातन्त्रका सेनानी भिमप्रसाद पाठकको ९० वर्षको उमेरमा शनिबार निधन भएको छ । दिउँसो उहाँकै निवास भरतपुर महानगरपालिका वडा नम्बर ६ गीतानगरमा अपरान्ह ३बजेर ५५ मिनेट जांँदा निधन भएको हो । पाठक लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहांँको निधनप्रति नेपाली कांँग्रेस चितवनले गहिरो दुःख व्यक्त गरेको छ ।
पञ्चायत कालमा नेपाली काँग्रेस गीतानगर गाउँ कमिटीको संस्थापक सदस्य भई संगठन बिस्तारका लाग्नु भएका पाठकको निधनले सिंगो पार्टीलाई अपुरणीय क्षती पुगेको काँग्रेस चितवनलेका सचिब राजिब न्यौपानेले बताउनुभयो ।
संगठन बिस्तारसँगै आवश्यक सूचनाहरु पार्टीलाई दिनुका साथै सक्रिय कार्यकर्ताको रुपमा काम गर्दै आउनु भएका पाठकको पार्थिब शरीरमा काँग्रेस चितवनका सचिब न्यौपाने र नेता दिनेश कोईरालाले पार्टीको झण्डा ओढाउनु भएको थियो । उहाँको साँझ देवघाटमा अन्त्येष्टि गरिएको छ । उहांँ तात्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला, शुशील कोइरालाका समकालीनको रुपमा परिचित हुनुहुन्थ्यो ।
पर्वतको पाँङ्गराङ्गमा मामा वि।सं। १९८७ सालमा जन्मनुभएका पाठकका एक श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ ।