वंगुर पालनमा रमाउदै वेलवहादुर

वि वि श्रेष्ठ/व्यानपा–५, तनहुँ/लामो समयसम्म भारतमा वसेर फर्किएको वेलवहादुर राना वंगुर पालनमा रमाउन थालेका छन् । समुदाय नै उक्त वंगुर पाल्ने समुदायको रहेता पनि उनले व्यवसायिक रुपमा वंगुर पालेर आम्दानीको श्रोत वनाएका छन् । कृषि नै मुख्य पेशा भएता पनि हाल उनले व्यानपा वडा नं ५ पतेनीटारमा करिव ५ रोपनी क्षेत्रफलमा वंगुरपालन गरेका रानाका अहिले १५ वटा माउ वंगुर र २५ वटा जति वच्चा वंगुर पालिरहेका छन् । कृषि सँगै वंगुर पाल्दै आएका वेलवहादुरले व्यवसायिक वंगुर पालन गरेपछि आर्थिक रुपमा पनि सवल भएको वताए ।
घरमा नै वसिरहनुभन्दा वंगुर पालन गर्नु उचित देखेर पेशामा लागेको वताउनुभएको रानाले अहिलेसम्म करिव १२ लाख लगानी गरेका वताए । समयअनुसार लगानी थपघट हुन्छ, वंगुरको संख्या थप हुदाँ धेरै लगानी र कम हुदाँ कम हुने वताएका रानाले पेशाप्रति लगनशिल र जिम्मेवारी हुने हो भने यो व्यवसायले सजिलै आम्दानी गर्ने वताए । वंगुर विक्रीमा कुनै समस्या नदेखेका रानाले वंगुर खरिदका लागी खोरसम्म नै आउने वताए ।

प्रति वंगुर न्युनतम पचास हजार देखि माथिमा विक्री हुने रानाले भाले वंगुर भन्दा माउ वंगुरले आम्दानी दिने वताए । व्यवसायमा कर्म आवश्यक हुन्छ, खटाई अनुसारको आम्दानीको प्रतिफल लिएका रानाले यहि व्यवसाय सँगै वाख्रपालन पनि शुरु गरेका छन् ।
कृषि पेशा आफनै दुखको पेशा भएता पनि यसमा सन्तुष्टि मिल्दछ रानाले वताए । आफनै ईच्छा र सोचमा अगाडी वढ्दा सफलता हात लाग्दछ, दुख त हरेक पेशामा हुन्छ, चुनौतीका वावजुद यसले दिने प्रतिफलले आनन्द मिल्दछ, परिवारका साथमा कृषक वन्दा आफु मा कुनै पनि हिनतावोध छैन, रानाले भने । वंगुरको दाना महंगो छ, यसमा सरकारले विशेष छुट दिनुपर्ने वताएका रानाले वच्चा वंगुरको विक्रीले राम्रो प्रतिफल दिने वताए, करिव जन्मेको १ महिनामा विक्री गर्न सकिने वंगुरको वच्चा १ महिनामा नै सातहजारमा वेच्न सजिलै सकिन्छ, त्यसैले आफुले पनि वच्चा वंगुरका विक्रीमा वढी जोड दिएको वताए ।