होटल ब्यवसायी खडकाद्वारा जन्मदिनमा खाद्यान्न सहयोग

चितवन/नारायणगढका एक मनकारी होटल ब्यवसायीद्वारा जन्मदिनको अवसरमा देवघाटका बृद्ध बृद्धा लगाएतलाई खाद्यान्न सहयोग गरेका छन् । चितवनको नारायणगढ सहिदचोकमा रहेको होटल जम्काभेटका सञ्चालक प्रकाश खड्काले देवघाटमा रहेका बृद्ध बृद्धा,अनाथ बालबालिका र दासढुंगामा अलपत्र पैदल यात्रुहरुलाई आज वैशाख २० गते परेको आफ्नो ४० औं जन्मदिनको अवसरमा खाद्य सामाग्री सहयोग गरेका हुन् ।

लामो समय श्रमिक जीवन ब्यतित गरी केही समय अघिबाट होटल ब्यवसायमा जम्दै आएका खड्काले हिजो जन्मदिनको पुर्बसन्ध्यामा श्रमिक दिबसको दिन उक्त खाध्य सामाग्री बितरण गरेका हुन् । सरकारले लगाएको लकडाउनका कारण हिँडेरै गन्तव्यतर्फ लागेका दर्जनौं बटुवा र अनाथ तथा बृद्ध आश्रमका गरी कुल १५० जनालाई सहयोग गरिएको खड्काले बताए ।

त्यस्तै जन्मदिनकै अवसरमा मनकारी खडकाले लकडाउनको कारण समस्यामा परेका देवघाटका बाँदरहरुलाई समेत १२० पिस सुख्खा रोटी, दुई दर्जन केरा लगाएतका खाध्य सामाग्री खान दिएको खड्काले जानकारी दिए ।