मजदुर नेता बालुवाटारमा मस्त : श्रमिकहरू सडकमा अलपत्र

मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ

मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ ।–(माक्र्स ९सेप्टेम्बर १८७१, लन्डनमा भाषण)
 

माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध आवश्यक पर्ने माक्र्सको सोच भेटिन्छ । यसर्थ मजदुरवर्गको मुक्ति भनेकै मजदुरवर्गीय राज्यसत्ता हो । माक्र्सको यो भनाइ समकालीन विश्व र नेपालमा आज पनि उत्तिकै सान्दर्भिक र औचित्यपूर्ण छ । विश्वमा जति पनि परिवर्तनहरू भएका छन्, जति पनि उथलपुथलहरू भएका छन्, त सबैमा मजदुरहरूको अहम् भूमिका रहँदै आएको छ । विशेषगरी फ्रान्सको राज्यक्रान्ति र युरोपमा विकास भएको औद्योगिक क्रान्तिपश्चात् मजदुरहरूको सङ्गठनात्मक एकता र योजना मूर्तीकृत हुन थालेको हो ।

आदिम साम्यवादी युगमा त्यसखालको परिस्थिति थिएन । मूलतः कृषियुग र त्यसपछिका समयमा मानव जीवनका तीब्र रूपमा परवर्तन हुँदै आएको देखिन्छ । जनसङ्ख्याको तीब्र विकास मात्र होइन, मानवका विकसित आकाङ्क्षाहरूलाई साकार अघि बढ्ने सन्दर्भमा नयाँ नयाँ सैद्धान्तिक एवम् दार्शनिक व्याख्याहरू पनि हुन थाले । ती व्याख्याहरू तत्कालीन दार्शनिकहरूले आ–आफ्नै सापेक्षतमा व्याख्या पनि गर्दै अए । ती अनेक व्याख्याहरूमध्ये फायरवाख, हेगेल हुँदै कार्ल माक्र्ससम्म आइपुग्दा त्यसले व्यवस्थित मात्रै भएन, वैज्ञानिक पनि भयो । त्यही वैज्ञानिक कार्यदिशाका आधारमा विश्वका करिब आधा देशहरूमा समाजवादी क्रान्तिहरू हुन पुगे । जति पनि देशहरूमा समाजवादी क्रान्ति सम्न्न भए, ती सबैमा एकै प्रकारको क्रान्तिको विशेषताका आधार रहेन । फरक फरक देशमा फरक फरक कार्ययोजना र नीतिका आधारमा क्रान्तिहरू भए । कतिपय देशहरूमा क्रान्तिले पछाडि फर्किनुपर्ने अवस्था पनि बन्यो । त्यसो हुनुमा त्यहाँको विशेषता र क्रान्तिकारी अभियानमा उपयुक्त तालमेलको अभाव नै थियो । यो कुरा नेपाली जनक्रान्तिलाई पूरा गर्ने कार्यभारसित जोडिएर पनि आउँछ । यो विकसित र नवीन परिस्थितिलाई क्रान्तिकारीहरूले विशेष ख्याल गर्न आवश्यक छ ।

विश्वमा समाजवादी क्रान्ति सम्पन्न भएका देशहरूमा क्रमशः प्रतिक्रान्ति हुँदै गएको र तत्कालीन सोभियत सङ्घ एवम् वार्साको विघटनपछि आफूलाई शक्तिशाली ठानेको नेटो र त्यसको मूल नेतृत्व अमेरिकी साम्राज्यवाद केही वर्ष मैमत्ता बन्यो पुग्यो । फलस्वरूप अमेरिकी देशहरू, मध्यपूर्व तथा केही एसियाली देशसम्म पनि हस्तक्षेपको योजना बनायो । विश्वका कैयौँ देशहरूमा उसले आफ्नो सैन्यअखडा खडा ग¥यो । अमेरिकाले आफ्नो सुरक्षा बजेटमा पनि कैयौँगुणा वृद्धि ग¥यो । यसले आफूलाई अस्थायी रूपमै भए पनि एक्लो बहादुरको रूपमा बुझ्यो । अमेरिकी साम्राज्यवाद यतिसम मनोगतवदमा फस्न पुग्यो कि उसको व्यवहारबाट उसकै कतिपय मित्र राष्ट्रहरू ऊसँग चिढिन पुगे । वर्तमानमा आइपुग्दा विश्व बहुध्रुवमा बाँडिन पुगेको छ । कोरोना भाइरस ‘कोभिड १९’ सम्म आइपुग्दा परिस्थितिमा व्यापक हेरफेर आउने सङ्केत पनि देखिन थालेको छ । यो कुराले विश्वभरका मुक्तिकामी तथा उत्पीडित रष्ट्र तथा जनतालाई सुखानुभूति दिएको छ । यो कुरा नेपालका क्रान्तिकारी मजदुरहरूका निम्ति पनि सुखद् सन्दर्भ हो ।

नेपालमा यतिखेर एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादी क्रान्तिलाई पूर्णता दिने पहल भइरहेको छ । यो पार्टीको निर्माण र यसले अघि सारेको नयाँ राजनीतिक कार्यदिशा, विश्वमा विकसित विशेषताका साथै, नेपाली समाजमा विकास हुँदै गएको नयाँ नयाँ विशेषताका आधारमा क्रान्तिलाई पूर्णता दिने सार्थक पहल हो । यतिखेर हामी फेरि पनि अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने तरखरमा छौँ । नेपालका मजुदुरहरू मात्र नभएर संसारभरका मजदुरहरूले यो दिवस मनाउन आ–आफ्नो सापेक्षतामा भव्य तयारी गरिरहेका छन् । तथापि मजदुरको परिभाषा, काम, कर्तव्य र अधिकारका क्षेत्रमा काम गर्न धेरै बाँकी छ ।

एकछिन् पेरिस कम्युनको बारेमा कुरा गरौँ, पेरिस कम्युन सर्वहारावर्गको आदर्श हो । वर्ग समाजमा हरेक वर्गको आ–आफ्नो आदर्श हुन्छ । बसिखाने वर्गको एउटा आदर्श हुन्छ भने गरिखाने वर्गको आदर्श अर्को हुन्छ । त्यसैले १८ मार्चको दिनलाई संसारभरका श्रमजीवीहरूले एक आदर्श एवम् गौरवशाली दिनका रूपमा स्मरण गर्ने गर्छन् । करिब डेडसय वर्षअघि यसै दिन पेरिसका श्रमजीवीहरूले आफ्नो राज्यसत्ता स्थापना गर्न सशस्त्र विद्रोहको थालनी गरेका थिए । यही सशस्त्र विद्रोहमार्फत् इतिहासमै पहिलोपटक मजदुरहरूको आफ्नो राज्यसत्ता पेरिस कम्युनको स्थापना भएको थियो ।

१९ औँ शदीको सातौँ दशकको प्रारम्भमा फ्रान्स सामाजिक अन्तर्विरोधहरूको केन्द्रको रूपमा रहेको थियो । सन् १७८९ को फ्रान्सिसी पुँजीवादी क्रान्तिपछि मजदुर र पुँजीपतिहरूका बीचको अन्तर्विरोध तीव्र रूपले बढिरहेको थियो । गणतन्त्र प्राप्तिका लागि सामन्तवादविरुद्धको लडाइँमा मजदुरहरूको निर्णायक तागतलाई उपयोग गरे पनि गणतन्त्र प्राप्तिपछि पुँजीपतिहरूले मजदुरहरूलाई निःशस्त्र पार्दै उनीहरूविरुद्ध मोर्चाबन्दीसमेत सुरु गर्न पुगे । सिद्धान्ततः मजदुरहरूले गणतन्त्र प्राप्तिको सङ्घर्षलाई शोषणमा आधारित समाज व्यवस्थाको विरुद्ध प्रयोग गर्न खोजे पनि वस्तुतः त्यो गणतन्त्र पुँजीपतिहरूको नियन्त्रणमा पुग्यो । फलस्वरूप श्रमजीवी जनतामाथि झन् बढी दमन र थिचोमिचो हुन थाल्यो । यसको प्रतिक्रियास्वरूप मजदुरहरूमा एकपछि अर्को गर्दै आक्रोश थपिँदै गयो । मजदुरहरूको ध्यान अन्यत्र मोड्न शासकहरूले प्रसियामाथि आक्रमण गरे पनि सो युद्धमा उनीहरू पराजित हुन पुगे । यी सबैको एकमुष्ठ परिणाम सन् १८ मार्च १८७१ मा विद्रोहको रूपमा विष्फोट भयो र सर्वहारावर्गको आदर्शका रूपमा पेरिस कम्युन जन्मन पुग्यो । यद्यपि, जनताको त्यो पहिलो सत्ता लामो समय टिक्न सकेन र ७२ दिनको छोटो समयमै प्रतिक्रियावादीहरूको चौतर्फी प्रहारबाट यो विघटन हुन पुग्यो ।

मानिसद्वारा मानिसमाथि हुने सबै भेदभावको अन्त्य भएको आदर्श समाजको स्थापना गर्न इतिहासको निर्माता श्रमजीवी जनताले पेरिस कम्युनमा देखाएको वीरता, त्याग र बलिदानको उदात्तभावले आज पनि संसारभरका क्रान्तिकारीहरूलाई उत्प्रेरित गरिरहेको छ । पेरिस कम्युनमा श्रमजीवी जनताद्वारा प्रस्तुत गरेको सर्वहारावर्गीय आदर्श विश्वभरिका क्रान्तिकारी आन्दोलनका लागि प्रेरणाको स्रोत बनिरहेको छ । पेरिस कम्युनको गौरवशाली मोर्चामा पुँजीपतिहरू ‘मेरो छोराछोरीका लागि’ भन्दै बाँच्न चाहन्थे भने श्रमजीवी वर्ग ‘हाम्रा छोराछोरीका लागि’ भन्दै बलिदान हुन तयार हुन्थे । मानव मुक्तिका लागि गरिएको त्यो अपूर्व बलिदान आजको क्रान्तिकारी आन्दोलनमा पनि ऊर्जाको स्रोत बनिरहेको छ र बनिरहनेछ । पेरिस कम्युनको गौरवशाली झन्डा एक लाखभन्दा बढी सर्वोत्तम छोराछोरीहरूको बलिदानको जगमा फहराइएको पेरिस कम्युनको झन्डा आज विश्वव्यापी रूपमा फैलिएको छ । पेरिस कम्युन सत्ताको रूपमा पराजित भए पनि संसारभरि यसले पैदा गरेको तरङ्ग र यसले देखेका सपनाहरू किमार्थ पराजित हुनेछैनन् । त्यसैले महान् माक्र्सले संश्लेषण गर्नुभयो– पेरिस कम्युन असफल हुन सक्छ तर त्यसले सुरु गरेको सामाजिक क्रान्तिको विजय हुनेछ । त्यसको जन्मथलो सर्वत्र छ ।

उपर्युक्त सन्दर्भमा नेपालमा कम्युनिस्ट पार्टीको स्थापनाका उद्देश्य र एकताका आधारहरूबारेमा पनि चर्चा गर्नु उपयुक्त हुन्छ । सन् २२ अप्रिल, २००६ मा नेपालमा सामन्ती राज्यव्यवस्थाको अन्त्य र समाजवादी राज्यव्यवस्थाको स्थापना गर्ने उद्देश्यले पाँचजना अग्रगामी चेतना भएका युवाहरूले कलकत्तामा नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए । त्यसले आफ्नो स्थापनाको उद्देश्य अहिलेसम्म पूरा गर्न सकेको छैन । यद्यपि कम्युनिस्ट पार्टी स्थापना भएपछि आमूल परिवर्तन र अग्रगामी चिन्तनका वाहकहरू यो पार्टीप्रति आकर्षित–आबद्ध पनि भए । झाङ्गिँदै अघि बढेको नेपाल कम्युनिस्ट पार्टीले विभिन्न चरणमा भएका आन्दोलन र आफ्नै पहलमा आन्दोलन गर्ने प्रयास पनि ग¥यो । त्यसरी गरिएका प्रयासहरूले देशमा परिवर्तनका लागि जग हाल्ने काम ग¥यो र अन्ततः देशलाई गणतान्त्रिक युगमा प्रवेश गराउने महत्वपूर्ण राजनीतिक उपलब्धि हासिल ग¥यो । सामन्ती राजतन्त्रको गजुर ढालियो ।

स्थापनाकालदेखि आन्तरिक रूपमा दक्षिणपन्थी शक्तिका विरुद्ध सङ्घर्ष गर्नुमा नै नेपाल कम्युनिस्ट पार्टीले धेरै समय र शक्ति खर्चनुप¥यो । सङ्घर्षकै क्रममा यसमा टुटफुट र विभाजन देखाप¥यो । विभिन्न गुट–उपगुट जन्मन पुगे । नेपालको कम्युनिस्ट आन्दोलन तीसदेखि पचाससम्मको अवधि टुटफुटको र विभाजनको पर्याय बन्न पुग्यो । टुटफुट र विभाजनकै कारण देशको परिपक्व परिस्थितिको बाबजुद वर्गसङ्घर्षलाई जनताको अपेक्षाअनुरूप कम्युनिस्ट पार्टीले अगाडि बढाउन नसक्दा जनताको चाहना पूरा गर्न पाएन । यही कमजोरीको आत्मसातीकरणका साथ कम्युनिस्ट आन्दोलनको सही समीक्षा गर्दै माओवादीले २०५२ साल फागुन १ गतेबाट ग्रामीण वर्गसङ्घर्षको माध्यमबाट नेपाललाई अर्धसामन्ती–अर्धऔपनिवेशबाट पूर्ण मुक्ति दिने अभियान सञ्चालन ग¥यो । त्यसका लागि हतियार प्रयोग अनिवार्य सर्त भएको माओवादीले आत्मसात् ग¥यो । बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ भन्ने माओले प्रतिपादन गरेको सिद्धान्त नेपाली धर्तीमा माओवादीले लागू ग¥यो । वास्तवमै कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्यअनुरूप जनताको राज्यसत्ता स्थापना बन्दुकको नालबाटै हुन सक्छ भन्ने कुरालाई आत्मसात गरेको हुँदा नै माओवादीले सुरु गरेको जनयुद्ध देशभर ज्वारभाटासरि फैलियो र यसले भारतदेखि चीनसम्मका नेपालीलाई जनयुद्धले वर्गसङ्घर्षको तुफानी साङ्लोमा आवद्ध गरायो । जनमुक्तिका लागि जनयुद्धमा आफ्नो योग्यता, भौतिक अवस्थाअनुसार सबै नेपाली जनयुद्धमा कुनै न कुनै रूपमा सरिक बने । यसमा उनीहरूको जनयुद्धप्रतिको संलग्नता देशलाई मुक्ति दिनु र अर्धसामन्ती अर्धउपनिवेशबाट पूर्ण मुक्त भई स्वाधीन देशका स्वावलम्बी नागरिक भएर बाँच्ने उद्देश्य थियो ।जनताको व्यापक सहभागिताकै कारण जनयुद्धले नेपालमा मात्र नभई सिङ्गो विश्वलाई नै नेपालको जनयुद्धले काफी मात्रामा प्रभावित तुल्यायोे ।

जनता अहिले पनि सिद्धान्तः सशस्त्र सङ्घर्षकै माध्यमबाटै कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पूरा गर्ने मोर्चामै छ । शान्तिपूर्ण बाटोबाट वर्गसङ्घर्षलाई अगाडि बढाएर पार्टी स्थापनाको उद्देश्य पूरा हुन सक्तैन । अहिले नयाँ परिवेशमा एक्काइसौँ शताब्दीमा क्रान्ति–प्रतिक्रान्तिमा विश्व क्रान्तिको मूल्याङ्कन गर्दै नयाँ विश्व परिवेशअनुसार नीति अगाडि सारेको माओवादी आपूmहरू निरन्तर क्रान्तिको मोर्चामै रहेको कुरा बताइरहेको छ । कम्युनिस्ट पार्टी स्थापनाले परिकल्पना गरेको अर्धसामन्ती–अर्धउपनिवेशको अन्त्य र समाजवादी राज्यव्यवस्थाको स्थापना नै प्रमुख हो । कम्युनिस्ट पार्टी स्थापना भएदेखि आजसम्म आउँदा नेपाली कम्युनिस्ट आन्दोलनमा माओवादी सबभन्दा ठूलो र शक्तिशाली पार्टी बनेको छ तर ऊ आज छिन्नभिन्न हुन पुगेको छ । यसले लिने नीतिले नै कम्युनिस्ट पार्टी स्थापनाको लक्ष्य पूरा हुन सक्छ वा सक्दैन भन्ने निर्धारण गर्दछ । कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पूरा गर्न एकपटक पुनः सङ्कल्प गर्नु आवश्यक छ ।

शोषण तथा उत्पीडनबाट मानवजातिको मुक्ति आन्दोलन अनेकौँ मोड र घुम्तीहरू हुँदै आफ्नो ऐतिहासिक विकासको बाटोमा अघि बढिरहेको छ । आन्दोलनभित्र देखापरेका गैरसर्वहारा विचारहरूको विरुद्ध, माक्र्सवादको क्रान्तिकारी सारतत्वबाट भएका विचलनहरूका विरुद्ध, अर्थवाद, सुधारवाद, संशोधनवाद, विसर्जनवाद, अवसरवाद आदिको विरुद्ध सिद्धान्तको आधारबाट अविचलन र सम्झौताहीन ढङ्गले सङ्घर्ष अघि बढाउन आवश्यक छ । दक्षिणपन्थी–अवसरवाद, सारसङ्ग्रहवादका विरुद्ध सङ्घर्ष गर्दै सबै सैद्धान्तिक, व्यावहारिक र साङ्गठनिक क्रियाकलापमा माक्र्सवादलाई पथप्रदर्शकका रूपमा प्रयोग गर्न जरुरी छ । सुधारवाद–संशोधनवादको दलदलबाट जोगाएर क्रान्तिकारी सिद्धान्तको रक्षा गर्दै विश्वक्रान्तिको अग्रगतिको पक्षमा अघि बढ्न सकिन्छ ।

मानवजातिको मुक्ति सङ्घर्षको बाटोलाई आलोकित पार्न नेतृत्वमा सही नीति तय गर्न सक्ने क्षमता, संशोधनवाद तथा अवसरवादप्रति दृढ, सम्झौताहीन विरोध, हरपरिस्थितिमा सही अडान र निर्णय लिन सक्ने क्षमता, साङ्गठनिक र नेतृत्वदायी क्षमता, सच्चा शत्रु र सच्चा मित्रलाई छुट्याउन सक्ने गुण, निर्णय लिनमा र त्यसको कार्यान्वयनमा द¥होपन दर्शाउने गुण, निर्दिष्ट लक्ष्यको पक्षमा सारा सकारात्मक तत्वहरूको उपयोग गर्न सक्ने सामथ्र्य, श्रमको मुक्ति लक्ष्यमा समर्पित एकाग्रता जस्ता सच्चा सर्वहारा क्रान्तिकारी गुण हुन जरुरी छ । सर्वहारावर्गका आदर्शका श्रमिक जनता र श्रमप्रति महान् स्नेह, जनताप्रति असीम विश्वास, आत्मत्याग र आत्मबलिदान सम्झौताहीन दृष्टिकोण, सादा जीवन र उच्च विचारको उत्कृष्ट रूप, निष्कपटता, नैतिक सच्चरित्रता, बलियो सङ्कल्प शक्तिद्वारा नयाँ युगको यात्रा सम्भव छ । एकताका सैद्धान्तिक आधारहरूको खोजी गर्दै माओवादी विश्व सर्वहारावर्गको नेतृत्व गर्ने पार्टी भएकोले क्रान्तिकारी विचारको रक्षा गर्नु यसको पहिलो दायित्व हो । वर्गसङ्घर्षलाई कमजोर बनाएर कुनै पनि हालतमा पार्टी स्थापनाको उद्देश्य पनि पूरा हुन सक्तैन । त्यसैले एकपटक समवेत स्वरमा भनौँ– संसारका मजदुर र श्रमिकहरू एक होऔँ ।

यतिबेला मजदुर नेता बालुवाटारमा गजधम्म परेर बसिरहेका छन् । श्रमिकहरू सडकमा अलपत्र छन् । फासिवादी ओली सरकारले प्रतिबन्ध लगाएको यतिबेला, विश्व महामारी कोरोना भाइरसले सताइरहेको यतिबेला हामी १३१ औँ महान् मजदुर दिवस मनाइरहेका छौँ । मजदुरहरू प्रतिबन्धित अवस्थामा आफ्नो प्रिय दिवस मनाउन बाध्य छन् । यतिबेला सयौँ मजदुर जेल र हिरासतमा छन् । ओली सरकार मैमत्त बनेको छ । यतिबेला ओली सरकार कुर्सीको लुछाचुँडीमा व्यस्त छ । माक्र्सले भन्नुभएजस्तै मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा नै जित्नुपर्नेछ । यसको निम्ति सम्पूर्ण मजदुरहरू एकजुट हुन अनिवार्य छ । अपेक्षा गरौँ– मजदुरहरूको क्रान्तिकारी धुब्रीकरण हुनेछ । वैज्ञानिक समाजवादी राज्यसत्ता प्राप्त गर्ने यात्रा सफलता हुनेछ । श्रमिकवर्गको राज्यसत्ता प्राप्तिको दिशामा एकीकृत जनक्रान्तिले सार्थकता प्राप्त गर्नेछ ।(खेम थपलियाको फेसबुक बाट लिएका हौ )