एक्ल्याउने, गलाउने, थकाउने र सिध्याउने रणनितीमा ओली : छटपटीमा प्रचण्ड .

सुर्य बराल/चितवन /२०७६ बैशाख १६ गते/झण्डै दुईतिहाई बहुमत प्राप्त पार्टी नेकपा भित्र यतिखेर बबण्डर आईरहेको छ । मुख्यतः पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको ब्यक्तिवादी हुकुमी एंव तानाशाही शैली र उनीसहितका अन्य शिर्ष नेताहरुको समेत गुटगत राजनितीक कर्मका कारण उनी स्वंय चौतर्फी अप्ठयारोमा परेका छन् भने प्रधानमन्त्री ओलीले आफु मात्रै होईन नेकपा र सिंगो कम्युनिष्ट आन्दोलनलाई बदनाम गराईरहेका छन् ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर उनले गर्नै नहुने अनैतिक क्रियाकलाप मात्र गरेनन् मुलुकको साझा सँस्था राष्ट्रपतिलाई पुरै पार्टीको रबरस्ट्याम्पको रुपमा खुल्ला प्रयोग गरी बदनाम बनाउने हरकत गर्न भ्याए । ओलीले पार्टीलाई समेत छलेर राजनीतिक दल फुटाउने र सम्वैधानिक निकायहरुमा सक्षम, अनुभवी, ईमान्दार र कर्तब्यनिष्ठ भन्दापनि आफु निकट कार्यकर्तालाई दिन मिल्नेगरी दुई अध्यादेश रातारात राष्ट्रपतिबाट तोक लगाई जारी गरे । अध्यादेशको चौतर्फी विरोध पछि सत्ता ढलमलाउने अवस्था सिर्जना भएपछी फिर्ता लिन ओली बाध्य भए । आम सर्बसाधरणको नजरमा मात्र होईन आफ्नै पार्टीपंक्तिभित्र समेत बिश्वास गुमाउदै गएका ओलीले पछिल्लो समय पार्टीभित्र दुस्मन ब्यबहार गरेका र सधैंभरी असहयोग पेलान गर्दै आएका वरिष्ठ नेता माधव नेपालको साथ लिने रणनिती अन्र्तगत फकाउने प्रयास गरिरहेका छन् तर नेपालले ओलीलाई बिश्वास गरी साथ दिने सम्भावना कम भएपछी ओलीले भित्रभित्र पुर्ब एमालेहरुको एकता गरी पार्टीभित्रका अर्का अध्यक्ष पुर्ब माओबादी खेमाका प्रचण्डलाई एक्ल्याउने, गलाउने, थकाउने र सिध्याउने रणनितीमा लागेको राजनितीमा न्युनतम चासो राख्ने जो कोहीलाई अनुमान लगाउन कुनै गाह्रो छैन् ।

ओली जसरी भएपनि पार्टी सत्ता र सरकारको कुर्सि आफैले राख्ने नसके पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिने शर्त गरेर भएपनि पार्टीमा प्रचण्डलाई कम्जोर बनाउने रणनितीमा रहेको आम बिश्लेषण भईरहेको छ । ओली बर्तमान राजनितीक संकटलाई पार लगाउन आफु निकट नेता र विभिन्न कानुन व्यवसायीहरुसँग के कसरी अगाडी बढन्े भनि बाक्लो छलफलमा लागीरहेको देखिन्छ । उनले कानुन ब्यबसायीहरुसँग द्धन्दकालिन मुद्धाहरुको उठान गरी प्रचण्ड र प्रचण्ड निकटहरुलाई के कसरी फसाउन सकिन्छ भनि भित्रभित्रै लागीरहेको नेकपाकै केन्द्रिय नेताहरुको आरोप छ । प्रधानमन्त्री ओलीले नेकपाकै प्रभावशाली नेता तथा गृहमन्त्री राम बहादुर थापा बादललाई समेत ब्यालेन्समा राख्दै, पुर्ब माओवादी खेमाबाट मन्त्री भएकाहरुलाई आफ्नो प्रभावमा राखीरहने, सरकार बाहिर रहेकाहरुलाई मन्त्री र अन्य सुबिधाका पदहरुको लालाची तुरुप फ्याक्ने र अरु बिरोधमा आउने आफु बिरोधी नेताहरुलाई अख्तियार देखि अदालतसम्म लगाएर साईजमा ल्याउने गरी धम्काउने र गलाउने रणनिती लिएको जानकारहरु बताउछन् । उनले पार्टी भित्र मात्र होईन अन्य पार्टीमा पनि आफु अनुकुल जमात तयार गर्न खोजेको देखिन्छ, त्यसको पछिल्लो उदाहरण समाजवादी पार्टी फुटाउने कसरतलाई लिन सकिन्छ ।

यसरी पार्टी भित्र र बाहिर सबैतिर फुटाउ र राज गरको नितीमा कुटिल दाउपेचमा चल्न खोजेका ओलीका कयौ चालबाजीहरु भने असफल भईसकेका छन् । यधपी ओली आफु र आफ्नो गुट हावी गराउन बलपफ्तीका निर्णय र कार्यहरु गर्ने उनका पछिल्ला अभिब्यक्ति र ब्यबहारहरुले देखाईरहेको छ । ओली जसरी हुन्छ प्रचण्डलाई भित्तामा पुर्याउन तल्लीन छन् । त्यस्को लागी उनी राजनितीक रुपमा जे गर्न पनि तयार रहेको राजनितीक बिश्ेषण गर्न कुनै गाह्रो छैन् । यसै सन्र्दभमा ओली नियन्त्रीत अदालतले दसवर्षे द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्थाको औचित्य खारेज गरिदिएको छ । प्रचण्ड र प्रचण्ड निकटहरुलाई तसाउर्ने रणनिती अन्र्तगत नै राजनितीक भागबण्डामा सर्वोच्च पुगेका न्यायधिशहरुको जमातले यस्तो फैसाला गरेको हो ।

गत् आईतबार सर्बोच्च अदालतका पाँच न्यायाधीशहरु क्रमशःदीपककुमार कार्की, मीरा खड्का, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र डा। आनन्दमोहन भट्टराई संलग्न रहेको बृहत ईजलासले द्वन्द्वकालका गम्भीर घटनामा सत्यनिरुपण तथा मेलमिलाप आयोगले माफी दिन सक्ने कानुनी व्यवस्था सम्बन्धी नेपाल सरकारले दिएको पुनरावलोकन निवेदनलाई खारेज गरिदिएको छ । यो सँगै बिगतको दश बर्षे माओबादी द्धन्दमा नेतृत्व गर्ने नेताहरुलाई आवश्यक्ता अनुरुप राज्यले ठेगान लगाउन सक्ने भएको छ ।  सरकारले २०७२ साल साउन ११ गते दिएको पुनरावलोकन निवेदन सर्बोच्चले खारेज गरेसँगै प्रचण्डलाई थप कम्जोर बनाउन सकिने बुझाई सहित ओली आफु निकट कानुन ब्यबसायी तथा न्यायधिशहरुसँग बिभिन्न माध्यमबाट भेटघाट गर्दै कानुनी परामर्श लिन दौडधुप बढाएको बालुवाटार निकट श्रोतको दाबी छ । यहि क्रममा ओलीले सोमबार राती साढे ९ बजेदेखि प्रधानन्याधिस चोलेन्द्र सम्शेर राणालाई आफ्नै निवासमा बोलाएर झण्डै दुई घण्टासम्म कुराकानी गरे ।

प्रधानन्यायधिस राणासँग ओलीले मध्यरातमा किन आकस्मिक छलफल गरे यो निक्कै रहस्यपूर्ण र अर्थपूर्ण देखिन्छ । सरकार प्रमुख र न्यायपालिका प्रमुखबिचको मध्यरातको त्यो आकस्मिक एंव गोप्य भेटघाटले राजनितीक बृतमा थप आंशका र शंसय पैदा भएको छ । प्रधानमन्त्री ओलीको केहीदिन यताको भेटघाट र उनी निकटका नेताहरुको अभिब्यक्तिलाई हेर्दा ओली द्धन्दकालीन मुधा ब्युताएर भएपनि प्रचण्डलाई ठेगान लगाउने मनाशयमा रहेको प्रष्ट हुन्छ । पार्टीभित्र प्रचण्डलाई साईजमा लगाउने हतियारकै रुपमा ओलीले द्धन्दकालिन मुद्धाको उठान गरी फसाउने षडयन्त्र भईरहेको अर्का अध्यक्ष समेत रहेका प्रचण्डलाई पनि थाहा नभएको होईन । त्यहि भएर प्रचण्ड आफु सुरक्षित हुन जसरी पनि ओली सरकारलाई गिराउने खेलमा लागीरहेका छन् । नेकपाको यी दुई अध्यक्षको सत्ता हत्याउने र टिकाउने र आफु सुरक्षित हुने खेल एकले अर्कोलाई एक्ल्याउने, गलाउने, थकाउने र सिध्याउने रणनितीमा रहेको प्रष्ट बुझिन्छ ।

माधव नेपाल र झलनाथ खनालहरु पनि तत्काललाई ओलीको बिरुद्धमा देखिएपनि आफ्नो स्वार्थ पुरा भएसँगै ओलीकै सर्मथनमा लाग्ने आम बुझाई छ । यो स्थिती आउनसक्ने बुझेका राजनितीका चतुर खेलाडी प्रचण्डले पनि पुर्ब एमालेको एउटा हिस्सालाई आफ्नो पक्षमा पार्न कोशिस गरिरहेकै छन् । यधपी आलीको षडयन्त्रको अगाडी प्रचण्डलाई हम्मे हम्मे परिरहेको देखिन्छ । जस्ले गर्दा प्रचण्ड ओली बिचमा द्धन्द मात्र होईन आन्तरिक तनाब पनि बढेर गएको देखिन्छ । नेताहरुको छटपटी देशको लागी नभै आफ्नो कुर्सि स्वार्थ र राजनितीक सुरक्षाको लागी हो भन्ने पनि प्रष्टै छ ।

हेरौं ओलीसँग एकता गरेर प्रचण्डले सहि गरेका रहेछन् या गलत त्यो त केही समय पछी थाहा नै लाग्ला । जे होस नेताहरुको स्वार्थले गर्दा देश थप अस्थिरतातिर जाने चै निश्चित जस्तै देखिन्छ । ओलीतन्त्र हिटलरतन्त्रको नयाँ सस्करण उन्मुख नहोस । हामी चाहान्छौं, हिजो जे जे गलत भएपनि अब दुईतिहाईको नजिक रहेको पार्टी नेकपालाई जनताको अपार मत बाँदरको हातमा नरिबल साबित नहोस यहि कामना ।