विदेशवाट फर्केर भैसी पाल्दै युवा

वि.वि. श्रेष्ठ/व्या.न.पा.–५, तनहुँ/लामो समयसम्म वैदेशिक रोजगारीमा वसेर आएको रविन्द्र श्रेष्ठले मामा भान्जा भैसी फर्म दर्ता गरेर भैसी व्यवसाय शुरु गरेका छन् । माध्यामिक तहको पढाई सकेर खाडीमुलुक हानिएको रविन्द्र विदेशको लामो वसाई भन्दा नेपालमा केहि गर्नुपर्दछ भन्ने सोचका साथ फर्केर भैसीको व्यवसाय शुरु गरेका हुन्

। विदेशको दुख नेपालमा नै गर्ने हो भने विदेशमा जतिको नेपालमा कमाउने हुने सोच राखेर काम गरेको रविन्द्र हाल विदेशको भन्दा राम्रो कमाई रहेको वताउनुहुन्छ ।
व्यास नगरपालिका वडा नं ५, फुस्रेटारमा ५ रोपनी जग्गा खरिद गरेर भैसी व्यवसाय शुरु गरेका रविन्द्रले हाल आएर १३ वटा भैसी र ९ वटा पाडापाडी पालेका छन् । भैसीका दानाका लागी आफैले घाँस लगाएर खुवाएको रविन्द्र विहान देखि नै भैसीको स्याहार, सुसारमा खट्ने गरेका छन् । युवा अवस्थाका रविन्द्र आफुलाई भैसी पालन व्यवसायमा सन्तुष्ट मिलेको वताउनुहुन्छ । विहानै उठेर भैसीको स्याहार सम्भार गर्ने, दुध दिने, वजारमा विक्री गर्ने नित्य कर्म रहेको रविन्द्रले दैनिक ४५ लिटर दुध विक्री गर्दे आउनुभएको छ ।
जीवनमा उद्यम उपरिहार्यता रहेको वताउनुभएको रविन्द्रले कर्म गर्ने हो भने कृषिमा राम्रो सम्भावना देखेको वताउनुहुन्छ । हालसम्म करिव २२ लाख हाराहारीमा व्यवसायमा लगानी गरिसक्नुभएको रविन्द्रले अवका दिनमा थप यहि व्यवसाय नै वृद्धि गर्ने सोच रहेको वताउनुभयो । दुख जुनसुकै क्षेत्रमा पनि गर्ने पर्ने वताएका रविन्द्रले भैसी भारतवाट खरिद गरेको वताउनुभयो । करिव १ लाख हाराहारीमा एउटा भैसी खरिद गरेका भैसीले दैनिक सरदर ८ लिटर दुध दिने वताउनुभयो ।

सम्पुर्ण खर्च र वैकको किस्ता तिरेर माशिक तीस हजार जति कमाएका उनले नगरपालिका वाट गोठ सुधार कार्यक्रम वाट ७५ हजार अनुदान पाएको समेत वताउनुभयो । सरकारले कृषकलाई थप प्रेरित गर्ने हो र काम गर्ने ईच्छा हुने हो भने कृषि पेशा राम्रो भएको समेत वहाँले वताउनुभयो । काम गर्ने जनशक्तिको अभाव देखेका रविन्द्रले व्यवसायमा आफै खटिनुपर्ने वताए ।