दुध वेचेर पचासौ हजार कमाउँछन वडा सदस्य

वि.वि. श्रेष्ठ /केशवटार, व्यास –१४, तनहुँ/देश लकडाउनका सामना गरिरहेको भएता पनि भैसी पालेर माशिक पचासौ हजार आम्दानी गरिरहेका छन् ,व्यास नगरपालिका वडा नं १४ का निर्वाचित वडा सदस्य मोहन आले । स्थानिय तह वडा सदस्य पदमा विजयी भएपछि नै कृषि पेशा अंगाल्दै आएको आलेले भैसीको दुध वेचेर नै माशिक पचास हजार कमाउने वताउनुभयो ।
व्यास नगरपालिका को वडा नं १४ केशवटारमा करिव ३ रोपनी जग्गामा भैसी पालन गरेका आलेले हालसम्म १८ लाख खर्च गरेर ११ वटा भैसी पालेर व्यवसाय शुरु गरेका हुन् । दैनिक ७५ लिटर दुध स्थानिय तथा सदरमुकाम दमौली वजारमा आएर दुध वेच्ने गरेका छन् । विगतमा वैदेशिक रोजगारीमा रहेर पनि केही गर्न नसकेका आलेले स्वदेशमा नै हिम्मत गरेर काम गर्ने हो भने माशिक पचासौ हजार कमाउन सकिने वताउनुभयो ।
भैसीको व्यवसाय सँगै वंगुर समेत पालेर उत्पादन सँग जोडिनुभएको आलेले काम गर्न लाज मान्न नहुने वताउनुभयो । जनप्रतिनिधी भएर पनि भैसी पालेको स्थानियले वताएपनि त्यसले आफुलाई केहि फरक नपार्ने वताउनुभयो । विदेशमा गएर पसिना वगाउनुभन्दा स्वदेशमा नै कृषिमा जोडिन सकेमा आर्थिक रुपमा सवल हुन सकिने वहाँले वताउनुभयो । काम आफैमा सानो ठुलो भन्ने हुदैन । श्रमले नै पसिनाको मुल्य थाहा हुने वताउनुभएको आले विहान देखि नै भैसीको स्वाहार सुसार गरेर दुध विक्रीका लागी सदरमुकाम झर्ने वताउनुभयो । भैसी र वंगुर व्यवसायले आफुमा सन्तुष्ठि मिलेका वताउनुभएको आलेले अव थप लगानीका साथ काम गर्ने योजनामा रहेको समेत वताउनुभयो । विदेशको दुख भन्दा स्वदेशमा नै पसिना वगाउदाँ परिवार सँग पनि वस्न पाईने र आर्थिक रुपमा समेत सवल वन्न सकिने हुदाँ आम युवा पुस्तालाई समेत कृषिमा लाग्न पनि अनुरोध गर्नुभयो ।
हाल १२ वटा वंगुर समेत पालेका आलेले उत्पादनलाई वजारको कुनै पनि समस्या नरहेको समेत वताउनुभयो । दुध र मासुको खपत सहज नै हुने अनुभव गरेका आलेले यो व्यवसायलाई थप लगानी गर्ने सोचमा रहेको वताउनुभयो । भैसीका पाडा र वंगुरको वच्चा विक्रीमा उल्लेख्य नाफा रहेको वताउनुभएको आलेले वच्चा उत्पादनलाई प्राथमिकता दिएको वताउनुभयो