हंस बहुउद्धेश्य सहकारी संस्थाद्धारा उत्पादित अर्गानिक गाँजर बजारमा

 बैशाख १३, चितवन/ हंस बहुउद्धेश्य सहकारी संस्थाले सञ्चालन गरेको अर्गानिक कृषि र्फमका गाँजरहरु बजारमा बिक्री भईरहेको छ । सस्थाले भरतपुर १५ स्थित श्रीपुरमा साढे दुई बिगाहा जग्गा भाडामा लिई अर्गानिक फार्म सञ्चालन गरी सोही फर्मबाट ताजा गाजर उत्पादन गरिरहेको हो ।

सस्था द्धारा सञ्चालित सो फर्ममा गाँजर, मुला, चुकुन्दर, आलु र चामल लगाएतका तरकारी तथा खाधान्न बिक्रि भईरहेको सस्थाले जनाएको छ । बिश्वब्यापी महामारीको रुपमा फैलीएको कोराना भाईरसको त्रासले गर्दा लकडाउनको अवस्था उत्पनन भईरहेको यो असहज अवस्थामा पनि सस्थाले सदस्यहरुको घर घरमा सस्तो दरमा आफ्ना उत्पादनहरु पुर्याउदै आईरहेको सस्थाका ब्यबस्थापक श्यामबन्धु पोख्रेलले जानकारी दिनुभयो ।

बजारको बिषदीयुक्त तरकारी भन्दा स्तरीय,स्वादिलो र ताजा उत्पादन घर घरै बिक्री गर्दै हिडेपछी हंसका सदस्यहरु समेत खुसी भएका छन् । सस्थाले लकडाउनको कारण राजीरोटी गुमेकाहरुलाई राहातमा समेत आफ्नै बारीमा उत्पादीत तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको छ। संस्थाले लकडाउनको शुरुवाती क्षण बाट नै भरतपूर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयआफ्नो अर्गानिक उत्पादनलाई मिसाउदै आएको छ ।

आगामी राहात बितरणमा समेत आफ्नै उत्पादन बितरण गर्ने साथै अर्गानिक उत्पादनलाई ब्यापक बनाउने सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो । चुकेका अनुसार हंसले आगामी दिनमा थप उत्पादनमा जोड दिने बताउनु भयो । बजारको माग बढेमा आगामी दिनमा थप क्षेत्रमा कृषि उत्पादन बढाउने भन्दै चुकेले अहिले चितवनमा हंसको गाँजरले राम्रो बजार लिएको जानकारी दिनुभयो । !