कोरोना भाइरस (कोभिड–१९) बाट १२ जिल्ला प्रभावित

नेपालमा तीन महिनाको अवधिमा १२ जिल्ला कोरोना भाइरस ९कोभिड–१९० बाट प्रभावित भएका छन् । नेपालमा पहिलोपटक १० माघ २०७६ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये केही निको भएकाले अहिले केही जिल्लामा संक्रमण शून्य रहेको छ ।

संक्रमणको आधारमा सबैभन्दा बढी उदयपुर प्रभावित भएको छ । प्रदेश १ का उदयपुर, भोजपुर र झापा, प्रदेश २ का सर्लाही, पर्सा, रौतहट, बाग्मती प्रदेशका काठमाडौं, चितवन र धादिङ, गण्डकी प्रदेशको बागलुङ, सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर प्रभावित भएका छन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।