कूटनीतिक नियोगकै गाडी दुरुपयोग गरेर कालोबजारी गर्ने अग्रवालमाथि कस्तो कारबाही होला ?

जहिलेपनि देश अप्ठेरो अवस्थामा परेको बेला कालोबजारी गर्ने अपराधीहरू सल्बलाउने गर्दछन्। यस्तो संकटको घडीमा कालोबजारी मौलाउने गरेको छ । संकटको समयमा यसरी कालोबजारी गर्ने प्रवृति गलत हो भन्ने थाहा हुँदाहुँदै पनि केही उद्योगी व्यवसायी लालचमा आई कालोबजारी जस्तो अपराध गर्न पछि पर्दैनन्। हो अहिले मुलुकमा कोराना भाइरसको कारण लक डाउनको संकटपूर्ण अवस्थामा केही कालोबजारियहरुले मौका छोपी अपराध गरिरहेका छन्।
हाल कोरोना भाइरसविरुद्ध विश्व मानव समुदाय लडिरहेको छ। हाम्रो देश नेपाल र नेपाली जनता पनि विगत दुई हप्ता बढी समयबाट कोराना भाईरस विरुद्ध लडिरहेको यो संकटको घडीमा मुलुककै एक प्रतिष्ठत व्यापारिक घरानाका प्रमुख हस्ती कालोबजारी गरिरहेको अवस्थामा आज मंगलबार पक्राउ परेका छन् जगदम्बा सिमेन्ट–स्टील ९शंंकर गु्रप० का मालिक समेत रहेका शुलभ अग्रवालले आफ्नो जिम्वेवारी र पदीय दायित्व समेत खिल्ली उडाउँदै कालोबजारी गरिरहेको अवस्थामा पक्राउ परेका हुन्।
अग्रवाल तीनहजार पर्ने ‘थर्मल गन’ ९ज्वरो नाप्ने मेसिन० लाई १६ हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा पक्राउ परेका हुन्। पक्राउ अघि कयौं व्यापारिक घरानालाई चर्को मूल्यमा थर्मल गन बिक्री गरेको खुल्नमा आए सँगै प्रहरीले रंगेहात उनलाई पक्राऊ गरेको हो।
महानगरीय अपराध महाशाखाको टोलीले उनलाई नक्सालबाट आज पक्राउ गरेको हो । उनको साथबाट ६६ थान थर्मल गन बरामद भएको महानगरीय प्रहरी परिसरले जनाएको छ । प्रहरी महाशाखाका एसएसपी सहकुल थापाले उक्त गनको बजार मूल्य ३ हजार बराबर रहेको र उनले गाडीमा राखेर १६ हजारमा बेच्दै गरेको पाइएपछि पक्राउ गरेको बताए।
थापाका अनुसार प्रहरीले बुधबार अग्रवाललाई अदालतमा उपस्थित गराउने र अग्रवालविरुद्ध कालोबजारी ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको छ । अभियोग पुष्टि भएमा उनलाई पाँचवर्षसम्म कैद सजाय हुन सक्छ । कूटनीतिक नियोगकै गाडी दुरुपयोग गरेर कालोबजारी गर्ने अग्रवाललाई पाँचवर्षसम्मको जेल सजाय हुन सक्ने थापाले बताए
िअग्रवाल किर्गिस्थानका लागि नेपाली अवैतनिक दूतसमेत हुन् । अवैतानिक दूत भएका नाताले उनले निलो रङ्को नम्बर प्लेट भएको गाडी प्रयोग गर्छन् ।
सोही निलो रङ्को नम्बर प्लेटको गाडी प्रयोग गरेर ‘थर्मल गन’ को कालोबजारी गर्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । अग्रवालले कालोबजारीमा कूटनीतिक मर्यादाकोसमेत दुरुपयोग गरेका हुन् ।
उनलाई कालोबजारी ऐनअनुसार सजाय हुन्छ भने एक जना कूटनीतिज्ञसमेत भएको हुँदा विदेशी राज्य र कूटनैतिक प्रतिनिधिको सुविधा तथा उन्मुक्ति ऐन, २०२७ अनुसार पनि कारवाही हुन सक्छ । ऐन
अनुसार उनको कूटनीतिक प्रतिनिधि खोसिन सक्ने सम्भावना बढी रहेको छ।
यो ऐनको दफा १० को १ ९ग० मा कूटनैतिक प्रतिनिधिले आफ्नो औपचारिक कार्य भन्दा बाहिर कुनै व्यवसाय वा व्यापार सम्बन्धी काम गरेकोबाट उठेको मुद्दा मामिलामा उन्मुक्ति नपाउने व्यवस्था छ ।
यस्तै सोही ऐनको दफा १७ मा नेपाली नागरिक वा नेपालको स्थायी आदिवासी भएको कूटनैतिक प्रतिनिधिलाई नेपाल सरकारले थप सुविधा तथा उन्मुक्ति प्रदान गरेकोमा बाहेक आफ्नो कार्यपालनको सिलसिलामा गरेको औपचारिक काम कारबाहीको सम्बन्धमा मात्र यस ऐन बमोजिम अधिकार क्षेत्रबाट उन्मुक्ति तथा अनतिक्रम्यता हुनेछ, भन्ने व्यवस्था छ ।
उनलाई कारवाहीका लागि दुवै ऐन आकर्षित हुन सक्ने सम्भावना देखिन्छ । अग्रवाल कूटनीति प्रतिनिधिबाट समेत निष्काशनमा पर्न सक्ने अवस्था छ । कूटनीतिक प्रतिनिधिबाट नेपाल सरकार र किर्गिस्थान सरकार वा दुबैले हटाउन सक्नेछन् । यद्यपि अग्रवालको चलखेलले उनलाई उन्मुक्ति दिन्छ या कानुन मुताविक कारबाही हुन्छ यही भन्न सकिन्न। अग्रवाललाई जोगाउन या सामान्य रूपमा कारबाही गरी चोख्याउने काम पनि नहोला भन्न सकिन्न। उनलाई उन्मुक्ति दिन्छ या कानुन मुताविक कारबाही हुन्छ त्यो त केही दिनमै खुल्छ।यद्यपि हामी जनताको तर्फबाट अग्रवाल र उनी जस्ता धेरै काला बजारिया हरु माथि कडा कारबाही गर्न माग गर्दछौं।