जीवन र भ्रम

अनुकुलतामा अभ्यस्त मानवजातिहरुको वदलिदो परिवेश सँगै देखिएको
अस्वाभाविकताहरुको भ्रम चिरिएको छ । भ्रममा वाँचेको हुन्छ, सजिव प्राणी, त्यसमा पनि
सवैभन्दा भ्रमको अनुसरणमा अभ्यस्त मानवजातिहरु भ्रममा वाच्न जति सहज छ, यथार्थतामा
सायद त्यति सहज नहोला । जन्मेदेखि नै सपनामा रम्नेहरु जव जीवनका पलहरु सँग
जुध्न नसकि निरन्तरित जीवनमा अभ्यस्त हुन विवश वन्दछ, तव जीवनका भ्रमहरुको अवगत
हुन्छ, जीवनको त्यो वेलामा जीवनका भ्रमहरु अवगत हुन्छन, तव उसले चाहेर पनि
यथार्थपरक जीवनको वाटो हिड्न सक्दैन । किनकी त्यतिवेला धेरै ढिला भईसकेका
हुनछन् । जीवनका उर्वरता, योग्यता र क्षमतामा विर्को लागी सकेका हुन्छन् । त्यहि
एकमात्र पथमा हामी हिडिरहेका छौ । यसलाई नै अनुसरण गर्नु हाम्रो दैनिकी वनेका
छन् ।
सदियौ देखि सृष्टिको निरन्तरता, यसको चक्र र समयको भुमिका विना जीवनको
परिभाषा दिन असम्भव प्राय रहेको छ । सिमितताको विचारशैलीमा चलेको समाज र संसारमा
सिगो पृथ्वि र जगतको अध्ययन गर्न कदापी सम्भव छैन र यो समान्य व्यक्तिको सोच
भित्र पर्देन । अर्काले वनाएको वाटो हिड्न र त्यसको वारेमा आलोचना गरेर वौदिकता र
विद्धता वन्ने हरुको होडवाजीमा आफैले वाटो वनाउने हिम्मत देखाउदैन । समाजका
कथित वरिष्ठहरुको त्यहि खोक्रो विद्धतामा अगाडी वढेको समाजमा नयाँपन खोज्नु
अर्को मुर्खता हो । त्यो मुर्खता वन्ने दुस्साहस कसैले गर्दछ भने त्यो समाजमा
पागलसिद्ध हुनेछ । त्यसैले पागल सिद्धतामा हैनm अनुकुलतामा अभ्यस्त रहने हाम्रो
शैली नै संसारका सवैभन्दा उच्चतम विन्दु वनेको छ । त्यहि प्राप्तिमा हामीहरु सकि
नसकि र जुनसुकै वाटो वाट भएपनि प्राप्तिका लागी वातावरण वनाउन भ्रमका खेती गर्न
माहिर वनिरहेका छौ ।
आदिमकाल देखि सृष्टिको स्वरुप सर्सती रुपमा मात्र हेर्ने हो भने पनि जीवनका
भ्रम र यथार्थ वुझन गाह्रँे छैन । मानव जातिको उत्पति विकासक्रम र त्यसको महत्व
वुझन थाल्ने हो भने जीवनको शैली र व्यक्तिको सोचमा भिन्नता पाउन सकिन्छ,
भलै त्यसले कार्यन्वयनको चरणमा नगएता पनि । त्यसका लागी जीवनका भौतिकवाद,
परिवारवाद र स्वार्थतालाई विर्सन सक्नुपर्दछ । सजिवताको उत्पति अथवा जीवन कसरी भयो रकसरी पृथ्वीमा विलिन अथवा मृत्यृ भयो त्यसको समान्य लेखाजोखा राख्ने हिम्मत
राख्यो भने पनि जीवनको भ्रमहरु विस्थापित गर्न सकिन्छ, तर आधुनिकताका नाममा,
स्वतन्त्रता र विद्धतामा नाममा आफैले जानेको नै एकमात्र सत्य हो भन्ने
वुझाईलाई जीवन मरणका सवाल वनाएकाहरुका लागी त्यति जीवनको यथार्थवोधमा
फर्कने क्षमता पाईदैन ।
जन्मेदेखि नै स्वार्थमा लिप्त हुन सिकाउनेहरुले त्यो भन्दा नयाँपन सिकाउने
हिम्मत राख्दैनन । किनकि व्यक्तिले त्यति मात्र वोल्दछ र गर्दछ, जति उसको ल्याकत
रहेको छ । जीवनको मुख्य उद्येश्य नै कमाउने, धन सम्पति जोड्ने र सुख सयलमा
रम्ने सोच भएका हरुको भीडमा एक्लो वृहस्पती वन्न सजिलो हुदैन । धर्तिको एक
टुक्रा जग्गाका लागी मर्ने र मार्नेहरुको आफनो वच्चालाई दिने शिक्षा त्यो
भन्दा पृथक हुन सक्दैन । यहि पेरिफेरिमा जीवनका चार पल हरु वितेका हुन्छ । जसलाई जीवनका पलहरुको ज्ञान नै हुदैन । पुस्तान्तणको प्रक्रिया वाट समयको यो
एक्काईसो शताव्दी सम्म आईपुग्दा भौतिक संरचनाका परिवर्तन भए होलान्, कोहि
व्यक्तिहरु आर्थिक रुपमा सम्पन्न भए होलान् तर कमै व्यक्ति हरु मात्र संसारको
त्यो परिभाषा भित्र आलिङ्गन हुन पुगे, त्यसैको मार्गनिर्देशनमा नै जीवनरुपी
समयहरु गुज्रिरहे ।
पृथ्वीको यो धर्तिमा सृष्टियता असंख्या जीव जन्तु जन्मे, विलिन भए, मानव
जातिको चक्र पनि त्यो भन्दा पृथक हुन सक्दैन । यद्यापी परापुर्वकालमा नै वाणी
गरिएको कलियुगमा प्रवेश गर्दे गर्दा र त्यसको चास्नी चुस्दै गर्दा अन्तरमनमा खेल्ने
प्रश्नहरु भने असंख्य वनिदियो । यद्यापी हजारौ सपनाहरु र सोचहरु मध्ये कुनै एक
अग्रगामी सोचलाई पनि जीवनको भ्रमवाट मुक्त गराउन सकिएन । अन्तत सोच सधै
सोचमा नै विलिन हुने निरन्तरताको अंग वनिदियो । यहि सोचको भारीले कथित यथार्थको
रुप दिनका लागी गरिने क्रिया सहज छैन । असहजलाई सहज वनाउने हिम्मत छैन ।
किनकि त्यो हिम्मत जुटाउने अर्को निडर हिम्मत म सँग छैन ।
सोचमा नै सफलता र असफलताको श्रृखला जोडिएको भएता पनि त्यो सोच
व्यक्ति केन्द्रित स्वार्थतामा नै लिप्त वनिदिने रहेछ । जव व्यक्तिको क्रान्तिकारिता र
परिवर्तित सोच परिवारवादमा गएर विर्सजन हुन्छ, त्यसपछि नै मानव जातिको स्वखलित शुरु
हुन्छ, त्यो स्वखलितताको श्रृखला आर्यघाटमा पुगेर विर्सजित हुन्छ । भ्रममुक्त
जीवनको कल्पना एकान्त र दुखमा वेग्रल्ती पहिरिरहेपनि, सोचमा एकाग्रता कायम गर्न