कोरोना भाइरसको कारण विश्वमा २१ हजार बढीको मृत्यु, इटालीमा मात्रै ७ हजार बढिको ज्यान गयो

एजेन्सी,चैत १३/कोभिड १९ (कोरोना भाइरस) को संक्रमण अहिलेसम्म विश्वका १ सय ९८ देशमा फैलिएको छ। भाइरसका कारण २१ हजारभन्दा धेरैको मृत्यु भएको छ।
अहिलेसम्म २१ हजार १ सय ७८ ज्यानको मृत्यु भएको वल्डओमिटरले जनाएको छ। इटालीमा मात्रै ७ हजार ५ सय ३ र स्पेनमा ३ हजार ६ सय ४७ जनाको मृत्यु भएको छ। यो चीनको भन्दापनि धेरै हो।
चीनमा अहिलेसम्म ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ। अहिलेसम्म ४ लाख ६७ हजार ८ सय ९० जनामा संक्रमण देखिएकोमा १ लाख १३ हजार ८ सय ९ जना उपचारपछि निको भएका छन्।