कोरोना मानव जातिका लागि खतरा, गरीब देशलाई सहयोग गर्न यूएनको अपिल

एजेन्सी। संयुक्त राष्ट्रसंघले कोरोना भाइरस ९कोभिड–१९० सम्पूर्ण मानव जातिका लागि जोखिम भएको बताएको छ । बुधबार राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले यस्तो बताएका हुन् ।
उनले गरीब मुलुकहरुको लागि अन्तर्राष्ट्रिय मानवीय सहायताको रुपमा २ अर्ब डलर सहयोगको अपिल पनि गरेका छन् । कोरोना भाइरसको महामारी लगातार बढ्दै गएसँगै राष्ट्रसंघले यस्तो अपिल गरेको हो ।
गुथ्रेसले यो भाइरस सम्पूर्ण मानव जातिको लागि जोखिम रहेकाले सबै मिलेर यसको सामना गर्नुपर्ने उल्लेख गरे । उनले यो भाइरसको जोखिम विकासोन्मुख मुलुकहरुमा बढी रहेको बताए ।
अहिलेसम्म यो भाइरसबाट विश्वभर कोरोना भाइरसको संक्रमण ४ लाख ६८ हजार नाघेको छ भने मृत्यु हुनेको संख्या पनि २१ हजार नाघेको छ ।