Breaking News

इच्छाकामना गाउँपालिकाका अत्यावश्यक बाहेक सम्पूर्ण पसल, बजार बन्द

मुग्लिन/१० चैत/आजदेखि चितवनको इच्छाकामना गाउँपालिकामा रहेका अत्यावश्यक बाहेक सम्पूर्ण पसल र बजार बन्द हुने भएको छ ।
गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले निर्णय गरी आफ्नो गाउँपालिका भित्रका बजारमा रहेका अत्यावश्यक बाहेकका सम्पूर्ण पसलहरु बन्द गर्न व्यवसायीहरुलाई सूचना जारी गरेको छ। तत् पश्चात आजै देखि इच्छाकामना गाउँपालिकामा रहेका अत्यावश्यक बाहेक सम्पूर्ण पसल र बजार बन्द हुने भएका हो ।
इच्छाकामनाका सबै नाकाहरु बन्द गर्ने, सम्पुर्ण व्यवसाय, उद्योग, बैंक तथा सहकारीको कारोबार बन्द गर्ने, कुरिनटार स्थित रहेको ट्रमा सेन्टरलाई आइसोलेसन वार्डको रुपमा प्रयोग गर्ने, सम्पूर्ण इच्छाकामना गाउँपालिकाबासीहरुलाई अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन अनुरोध गर्ने लगायतका निर्णयहरु गरेको गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।