रुंगाटामा कोरोना पुष्टि भएको हल्ला असत्य !

९ चैत/भारतको पटनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको आशंकामा अस्पताल भर्ना भएका युवामा संक्रमण भएको पुष्टि हल्ला मात्रै भएको खुलेको छ । पटना मेडिकल कलेजमा भर्ना भएका वीरगञ्जका एक युवामा संक्रमण रहेको हल्ला चलेपछि नेपाली जनमासन आतंकित एंव त्रसित भएको थियो ।
बिहारमा आफन्तको विवाहमा सहभागी भएर फर्किएका
रुंगाटा मृगौलाको नियमित चेकजाँचमा गएका थिए । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएछि उनलाई अस्पतालले उपचार गर्न मानेको थिएन । यद्यपि जेकचाँजको अन्तिम रिपोर्ट आउन बाँकी रहेको र त्यसका लागि दुई साता लाग्ने भएकाले थप केही भन्न नसकिने चिकत्सकहरुले बताएका छन् ।
यसैबीच संक्रमणको शंका गरिएका युवकका परिवारका अरु सदस्यलाई आइसोलेसनमा राखिने भएको छ । उनको परिवारमा ५ बालबालिका सहित १३ सदस्य रहेको पर्साका प्रमुख जिल्ला अधिकारीले ललित बस्नेतले जानकारी दिए ।