कालिका नगरपालिकाले किन टेर्दैन शिक्षा मन्त्रालयको निर्देशन?

अन्तरविद्यालय परीक्षा केन्द्र कायमै

चितवन/२५ फाल्गुन/शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी चैत्र ५ गतेभित्र देशभरका विद्यालयहरुले परीक्षा सम्पन्न गरिसक्न र परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न दिइएको निर्देशनको कालिका नगरपालिकाले भने अवज्ञा गरेको छ । यस अगाडि चैत्रबाट सुरु हुने भनिएका सबै परीक्षा तथा कक्षा ८ को परीक्षा पनि यही फागुन २८ गतेबाट हुँदैछ ।
चितवनका सबै पालिकाहरुले सम्बन्धित विद्यालयमा नै कक्षा ८ को परीक्षा केन्द्र तोकी संचालन गर्ने निर्णय गरे पनि कालिका नगरपालिकाले भने मन्त्रालयको निर्णय मान्नृुपर्ने बाध्यता नभएको भन्दै यस अगाडिको परीक्षा केन्द्र कायमै गर्ने र मिति भने निर्देशन अनुसार नै सार्ने भएको छ । देशभर कोरोना भाइरस संक्रमणको त्रासले भीडभाड र आवतजावतमा कमि गर्नुपर्नेमा कालिका नगरपालिकाले भने कक्षा ८ को परीक्षा अन्र्त्विद्यालय गरेर दादगिरी देखाएकोमा प्याब्सन अन्तर्गतका विद्यालयहरुले दुःखेसो व्यक्त गरेका छन् ।
जिल्लाभर भए अनुसार नै परीक्षा संचालन गर्नुपर्ने भन्दै प्याब्सन कालिकाका केही प्रतिनिधिहरु शुक्रबार कालिका नगरपालिका पुगी परीक्षा केन्द्र सम्बन्धित विद्यालयमा कायम गर्न अनुरोध गरेका थिए । जिल्लाभर भए अनुसार नै परीक्षा संचालन गरेमा राम्रो हुने पक्षमा आफू रहेको प्याब्सन कालिकाका अध्यक्ष चित्र बहादुर रायमाझीले टेलिफोनमा कालिका दैनिकलाई जानकारी दिए ।
चितवनको पहाडी गाउँ सिद्धिका विद्यार्थीहरु आफ्नो पहाडी विकट गाउँबाट बिधालयआइ पुग्न २ घन्टा हिंडनु पर्ने र आफ्नो बिद्यालयबाट परिक्षा केन्द्र पुग्न
विद्यार्थीहरु १ घण्टाको बाटो हिँडेर परीक्षा दिन शक्तिखोर आइपुग्नु पर्ने बाध्यता यो बिषम परिस्थितिमा दुःखद रहेको शिक्षकहरुले बताए । सिद्धिको विद्यालय
उदाहरण मात्र हो कालिकाभित्र यस्ता दुःख पाउने विद्यार्थीहरु धेरै भएको उनीहरुको भनाइ छ ।
कालिका नगर शिक्षा प्रमुख नारायण वाग्लेले जिल्लाका सबै पालिकामा सम्बन्धित विद्यालयमा परीक्षा हुने भएको भन्दै कालिका नगरले भने यस अगाडि भएको निर्णयलाई कायमै राखेको जानकारी दिए । शिक्षा मन्त्रालयको निर्देशन विपरीतकालिकामा हामीले जे गरे पनि पाउनुपर्ने भन्दै अहम् र दम्भ देखाउनु शिक्षा क्षेत्रको नितिगत भ्रष्टाचारको एउटा उदाहरण भएको शिक्षकहरुको भनाइ छ ।