आज मेघ गर्जन सहित वर्षा र हिमपात हुन् सक्ने।

काठमाडौँ । आज आइतबार दिउँसो देशको पश्चिमी, मध्य र पूर्वको पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशााखाका अनुसार अपरान्हपछि पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमालि भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति देशको पश्चिमी भू–भागसहित मध्य र पूर्वको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले अहिले नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।