जनतावाट तिरस्कृत वामदेवका लागी किन संविधान संशोधन ?


पटक पटक विवादमा रुमल्लिईरहने वावुरामको मह्त्वकांक्षाले नेकपालाई मात्र होईन ।
सिंगो देशलाई नै तंरगित वनाएको छ । पटक पटक मन्त्री र उपप्रधानमन्त्री वनेसकेर सत्ताको
स्वाद चाखिसकेका वामदेवको रवैयाले अन्तत यो वहुमतको सरकारलाई पनि असफल वनाउने र राजनैतिक
अस्थिरता निम्तने पक्का छ । वामदेवको संसदमा आवश्यकता के का लागी ? जनतावाट निर्वाचित भएर आउने
व्यक्रि नै मन्त्री र प्रधानमन्त्री वन्ने संवैधानिक व्यवस्था भएता पनि वामदेव जसरी पनि
प्रधानमन्त्री वन्ने अभिलाषा भित्र पार्टी भित्र नै गुट उपगुट को अन्तर्य लुकेको छ । लामो समय
सम्म राजनैतिक अस्थिरता वोकेको नेपालमा ०७४ मा भएको प्रतिनिधीसभाको चुनावपछि नेकपाको स्पष्ट
वहुमतमा प्रधानमन्त्री ओलीको दुरदृष्टिता र नेतृत्व नै मुख्य कारक तत्व हो । ओलीको त्यो स्पष्ट
राष्ट्रवादी छविका कारण नै नेकपालाई जनताले करिव दुई तिहाई मत दिएर सरकारमा पठाएको हो । नकि वामदेवलाई प्रधानमन्त्री वनाउनका लागी । गुठ र स्वार्थमा अडेको नेताहरुको विगतका कमि
कमजोरी अहिले पनि आएर उजागर भएको छ । स्थिर सरकार र विकास नै अहिलको प्राथमिकता हुनुपर्ने
सन्र्दभमा शक्ति र स्वार्थमा केन्द्रित रहेर वेमौसमी वाजा वजाएर जनताका माझमा पुन उदाँङ्गो
वन्न तैयार भईरहेका छन् । यो सव के का लागी ?
जनता के चाहन्छन र देशको अहिलेको आवश्यकता के हो भन्ने विषयमा पार्टीभित्र गम्भिर
छलफल भएर जनताको आवश्यकता पुर्तिमा ध्यान दिने कि सत्ता केन्द्रित खेल खेल्ने ? समयलाई
चिन्न नसके जनताको सधै साथ र समर्थन पाउन सकिदैन भन्ने एकमात्र सत्य समेत नवुझेका नेताहरु
यो देशका नेता होईनन गद्यार हुन् । जुन समयले पुष्टि गर्नेछन् । विगतमा नेकपा एमाले
फुटाएर माले वनाएका वामदेव गौतम आखिर के चाहन्छन् ? प्रधानमन्त्री वन्नका लागी जे जस्तो
पनि सम्झौता गर्ने र जतापनि ढल्कन चाहने वामदेवको यो रवैयामा देशका शिर्ष नेताहरु किन वुझ
पचाउदैछन् । देशका कार्यकारी पदमा पुग्नका लागी के जनताको मन जित्न पर्देन ? जनतावाट
तिरस्कृत भएका वामदेव कसका लागी प्रधानमन्त्री वन्ने अभिलाषा राखेका छन् ? देश र जनताका लागी
प्रधानमन्त्री वन्ने हो भने जनमत लिन पर्देन ? त्यसका लागी लोकतान्त्रिक विधि चुनाव मार्फत
जनताको मन जितेर संसदमा आउनुपर्देन ? के वामदेव पहिलो चोटी सत्ताको स्वादमा डुव्न लागेका
हुन र ? पटक पटक मन्त्री र उपप्रधानमन्त्री हुदाँ जनताका पक्षमा काम गरेको भए त अवश्य पनि
जनतावाट तिरस्कृत हुनु पर्ने थिएन । सत्ता र शक्तिमा हुदाँ जनपक्षिय काम नगर्ने वामदेव फेरि कसका
लागी प्रधानमन्त्री हुने अभिलाषा राख्दछन् ?
फेरि वामदेवलाई प्रधानमन्त्री वनाउन संविधान सशोधन जस्तो विषम परिस्थितीलाई पनि
सहज सोच्ने नेताका कार्यशैलीले ओली सरकारलाई थप दुषित वनाएको छ । अवको ३ वर्षपछि हुने
चुनाव केन्द्रित जनताको आवश्यकता पुर्तिमा लागेर जनअनुमोदन भएर संसद छिर्न कोशिश गर्ने कि
वामदेवलाई प्रधानमन्त्री वनाउन राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री वन्न पाउने गरि संविधानसंशोधन गर्ने ? सिंगो देश र विश्व नै नेपाल लाई नियालिरहेको सन्दर्भमा वामदेवको
वलमिच्याई र त्यसमा साथ दिनेहरुको भोलिको भविश्य के होला ? एक्काईसौ शताव्दीको यो
प्रविधिको युगमा अझै पनि नेताहरु जनतालाई भेडा सम्झेर अगाडी वढ्ने हो भने जनतावाट
तिरस्कृत हुनुको विकल्प छैन । देश र जनताका लागी लडाई लडेको दावा गर्ने नेताहरुले वेलामा नै
सोच्न जरुरी छ ।
संविधान संशोधन आफैमा समयको आवश्यकता र जनताको माग अनुसार जायज हुन सक्दछ,
नकि वामदेवलाई प्रधानमन्त्री वनाउनका लागी । फेरि वामदेव प्रधानमन्त्री हुदैमा देशले के
नै काँचुली फेर्दछ र ? देशले आफैलाई नै दिग्गज सम्झने नेताहरु प्रधानमन्त्री भएर
देश हाकिसकेको सन्दर्भमा वामदेवको प्रधामन्त्रीमा आगमनले माखो मार्न सक्दैन र त्यो काम
जनताका लागी सह्य पनि हुन सक्दैन । जनतावाट तिरस्कृत वामदेव लाई प्रधानमन्त्री त के राष्ट्रिय सभा
सदस्य का लागी पनि हानिकारिक हुन्छ । जुन कुरा नेतृत्वले वुझन ढिला गर्नु हुदैन ।
०७४ का प्रतिनिधीसभाका चुनावमा काग्रेस नेता सँग लज्जाजनक हार वेहोरेका वामदेव कति सम्म
अलोकप्रिय रहेछन भन्न वुझन गाह्रो छैन । तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादीको
एकिकरण पाश्चात भएको चुनावमा नेकपाका धेरै शिर्ष नेताले चुनाव धेरै मतान्तरले जित्दा वामदेवले
चुनाव हार्नुको मुख्य कारण भनेको वामदेवको दम्भले नै हो । नत्र मन्त्री र उपप्रधानमन्त्री र
गृहमन्त्री समेत भईसकेको वामदेव सत्ताको उन्मादले जनताको भावना अनुरुप नचल्नु नै वामदेवको
हारको मुख्य कारक तत्व हो । त्यो एकमात्र सत्य समेत नवुझि चुनावमा हारेर पनि प्रधानमन्त्री
वन्नका लागी रटान लगाउनु र उसको प्रस्तावमा साथ दिनेहरु नेकपाका मात्र नभई देशका नै भाईरस
हुन । जसले नेपालमा विकास र स्थिरता होईन, युद्ध भुमि वनाउन चाहन्छन् । जनताका भावनामा खेलवाड
गर्न चाहन्छन् । नेताहरुको यहि रवैया रहिरहने हो भने जनताहरु त्यति भेडा छैनन, जति नेताहरु
सोच्दछन् ।
ईच्छा र अभिलाषाको पनि एउटा सीमा हुन्छ, त्यो सीमा सत्य र लोकले पचाउन सक्ने
हुनुपर्दछ । जुन कुरा वामदेव र वामदेवलाई प्रधानमन्त्री वनाउनका लागी प्रयत्न गर्ने नेताहरुले
वुझन सकेनन । जनता के चाहन्छन भन्दा पनि जनताको अगाडी नाङ्गो नाच्न अभ्यस्त नेताहरुमा
यहि रवैया रहिरहने हो भने जनताले सधै काँध थाप्ने छैनन । चुनाव फेरि पनि हुन्छ, त्यसका
लागी वामदेवले तैयारी गर्ने कि प्रधानमन्त्री वन्नका लागी लोक हसाउने ? हुम्लावाट निर्वाचित
सांसद धनवहादुर वुढाको राजिनामा मात्र होईन। काठमाण्डौ ७ को निर्वाचित रामविर मानन्धरलाई
समेत राजिनामा गर्न वाध्य पारेर जग हसाएका वामदेव फेरि आफु प्रधानमन्त्री वन्नका लागी
राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री वन्न पाउने संवैधानिक व्यवस्था गर्नका लागी संविधान नै
संशोधन गर्न लगाएर जनताको नजरमा पनि थप गिरेका छन् भने वामदेवलाई साथ दिनेहरु जनताका
माझ मा नाङ्गिएका छन् । कास्की २ मा रविन्द्र अधिकारीको स्थानमा पार्टीले निर्वाचन लड्नका
लागी गरिएको आग्रह र आफैमा जित्ने विश्वास नभएका वामदेव जनता भन्दा पनि शक्तिमा नैविश्वास गर्ने नेतामा दरिएका छन् । जसले विश्वास गरि देश विकास र सम्वृद्धिका लागी पठाएको जनतामा
नैराश्यता छाएको छ । नेकपा प्रति नै अविश्वास सिर्जना भएको छ । नेकपा र नेताहरुले यो कुरा
वुझन सकेनन भने नेकपा पनि ईतिहासमा सिमित वन्नेमा दुविधा छैन । वामदेवको यहि रवैयालाई
नचिर्ने हो भने र सत्ता र शक्तिका लागी नेताहरु फेरिसरकार वनाउने र गिराउने खेलमा लाग्ने हो
भने राम राम मात्र भन्न सकिन्छ, काँध थाप्न सकिदैन ।
वक्स १
जनतावाट तिरस्कृत भएका वामदेव कसका लागी प्रधानमन्त्री वन्ने अभिलाषा राखेका छन् ? देश र
जनताका लागी प्रधानमन्त्री वन्ने हो भने जनमत लिनु पर्देन ? त्यसका लागी लोकतान्त्रिक विधि
चुनाव मार्फत जनताको मन जितेर संसदमा आउनुपर्देन ? के वामदेव पहिलो चोटी सत्ताको स्वादमा
डुव्न लागेका हुन र ? पटक पटक मन्त्री र उपप्रधानमन्त्री हुदाँ जनताका पक्षमा काम गरेको भए
त अवश्य पनि जनतावाट तिरस्कृत हुनु पर्ने थिएन । सत्ता र शक्तिमा हुदाँ जनपक्षिय काम नगर्ने वामदेव
फेरि कसका लागी प्रधानमन्त्री हुने अभिलाषा राख्दछन् ?
वक्स २
चुनाव फेरि पनि हुन्छ, त्यसका लागी वामदेव अहिले देखि नै जनतामा जाने कि प्रधानमन्त्री
वन्नका लागी लोक हसाउने ? निर्वाचित सांसदहरु धनवहादुर वुढाको र रामविर मानन्धरलाई समेत
राजिनामा गर्न लगाएर जग हसाएका वामदेव फेरि आफु प्रधानमन्त्री वन्नका लागी राष्ट्रिय सभा
सदस्य पनि प्रधानमन्त्री वन्न पाउने संवैधानिक व्यवस्था गर्नका लागी संविधान नै संशोधन गर्न
लगाएर जनताको नजरमा थप गिरेका छन् भने वामदेवलाई साथ दिनेहरु जनताका माझ मा झन
नाङ्गिएका छन् ।