गृहमन्त्री बादल तीनदिन चितवनका विविध कार्यक्रममा सरिक भई फर्किए


सूर्य बराल
चितवन। गत आइबारदेखि गृहमन्त्री राम बहादुर थापा बादलको बसाई चितवनमा रहेयो। चितवनका विविध कार्यक्रममा सरिक हुने क्रममा गृहमन्त्री बादल चितवनमा रहनु भएको हो।
आईतबार चितवन आउनुभएका गृहमन्त्री बादल विगतको आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा आयोजना गरिएका आधा दर्जनभन्दा बढी कार्यक्रममा सरिक हुनुभएको छ। आईतबार साँझ पुर्बी चितवनका स्थानिय व्यवसायीसँग छलफल गर्नुभएका बादलले सोमबार बिहान रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा भएको कार्यक्रममा सम्बोधन गर्नुभएको थियो। सोमबार दिउँसो आफ्नो विगतको निर्वाचन क्षेत्र अन्तर्गतको जुटपानी प्रहरी चौकी को नवनिर्मित भवनको उद्घाटन,भएको उदयपुर सामुदायिक वनको फनपार्क उद्दघाटन र कालिका नगरपालिका को नयाँ प्रशासनिक भवनको शिलान्यास गर्नुभएको थियो। कालिका नगर स्तरीय पार्टी कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम मा मन्तब्य राख्नु भएका गृह मंत्री थापाले नेकपाको पार्टी कार्यालय कृष्णपुर मा आयोजित कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिनु भएको थियो। सोमबार बेलुका नै जिल्लाका सुरक्षा प्रमुख हरू सम्मिलित सुरक्षा समितिको बैठक, जिल्लाभरका सरकारी कार्यालयमा कार्यरत प्रमुखहरुलाई निर्देशनात्मक बैठक बस्दै साँझ देवघाट धाम मा क्षेत्र विकासको स्वागत कार्यक्रममा सरिक हुनु भएको थियो। बेलुका नै गृहमन्त्री बादलले भरतपुर स्थित प्रहरी शिक्षालय मा केही अनौचारिक भेटघाट गर्नुभएको थियो। त्यस्तै मंगबार गृहमन्त्री बादल ज्ञानेश्वरमा रहेको क्रुज शीप को निरिक्षण, भरतपुर क्यान्सर अस्पतालको निरिक्षण तथा निर्देशनतक मन्तव्य राख्दै मंगलबार १० बजे नै उहाँ राजधानी फर्किनुभयो।