सरकार विकास निर्माणमा प्रतिवद्ध छः सांसद सिग्देल

प्रतिनिधी सभाका सदस्य केदार सिग्देलले सरकार विकास निर्माणमा प्रतिवद्ध रहेको वताउनु भएको छ । दुरगामी महत्व र लक्ष्यका साथ सरकार लागिपरेको हुदाँ केहि समयपछि सरकारले गरेको काम देखिने वताउनुभयो ।
हिजोको समयजस्तो अल्पकालिन सरकार जनतामा भ्रम छरेर जनता झुक्याउने काम गरेको सन्दर्भमा यो सरकार रणनितिक महत्वका साथ अगाडी वढेको हुदाँ सरकारले चुनावी प्रतिवद्धताअनुरुप नै काम गरेको वताउनुभयो । शुक्लागण्डकी नगरपालिका वडा नं ११ मा रहेको श्री आधारभुत माध्यामिक विद्यालयको ३२ औ वार्षिकोत्सव एवं अभिभावक भेलालाई सम्वोधन गर्दे प्रतिनिधि सभा सदस्य केदार सिग्देलले सो कुरा वताउनुभयको हो ।
संघियता को सफल कार्यन्यवनमा यो सरकारले ऐतिहासिक काम गरेको उल्लेख गर्नुहुदै सिग्देलले अव वजेटका कारण कुनै पनि विकास निर्माणको काम नरोकिने पनि वताउनुभयो । जनताको आधारभुत आवश्यकता पुरा गर्न यो सरकार कटिवद्ध रहेको छ । लामो समय ऐन नियम निर्माणमा समय खर्चेको भएता पनि यो अवधिमा सरकारले उल्लेख्नीय काम गरेको वहाँले वताउनुभयो ।
सरकारले गरेको योजनाले मुर्त रुप लिने हो भने नेपाल चाडै नै विकासोन्मुख देश हुने वहाँले वताउनुभयो । तीनै तहको सरकार जनताप्रति उत्तरदायी रहने हो भने देश विकास हुन समय नलाग्ने वताउनुभयो । कृषि र उत्पादन र व्यवसायिक शिक्षा नै अवको गन्तव्य हुनुपर्ने वताउनुभएको सांसद सिग्देलले अव जनता जागरुक हुनुको विकल्प नभएको समेत वताउनुभयो ।
विद्यालय व्यवस्थापन समितीको अध्यक्ष थमनसिंह आलेको सभापतित्वमा सम्पन्न भएको उक्त आधारभुत माध्यामिक विद्यालयले शिक्षा क्षेत्रमा अपुरणीय योगदान दिएको अध्यक्ष आलेले वताउनुभयो । शिक्षा नै जीवनको मुख्य आधार भएको सो कार्यक्रममा वक्ताहरुले वताउनुभएको थियो । भण्डाफोर अभियान साप्ताहिकबाट