सौराहामा फूड फेष्टिबल सुरु, पर्यटकले भरिदै सौराहा


सौराहा /देशको तेश्रो मुख्य पर्यटकीय नगरी चितवनको सौराहामा हिजोमंगलबारदेखि १४ औं फुड फेष्टिवल सुरु भएको छ । रेष्टुरेष्ट एण्ड बार एशोसियशन९रेवान० सौराहा चितवनले आयोजना गरेको सो फेष्टिवलको बागमती प्रदेशका पर्यटन मन्त्री अरुण नेपाल मंगलबार दिउसो उद्घाटन गरेका छन ।
उद्घाटन पूर्व सौराहामा बृहत शोभायात्रा निकालिएको थियो । पर्यटन प्रर्वधन गर्ने उद्देश्यले प्रेम दिवसको अबसर पारेर आयोजित सो फेष्टिवलमा स्वदेशी तथा विदेशी र परम्परागत खानाका ४० वटा स्टल रहने रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए । फेष्टिवलको अबसर पारेर व्यवसायीले यस पटक पर्यटकलाई विशेष छुटको व्यवस्था समेत गरेको उनले जानकारी दिए । अध्यक्ष खतिवडाका अनुसार, पर्यटकका लागि होटलमा ३० प्रतिशत,रेष्टुरेण्टमा १५ प्रतिशत र साना पर्यटन ब्यवसायमा १५ प्रतिशतको छुटको व्यवस्था गरिएको छ । विगतका बर्षहरुमा कतिपय होटलहरुले छुटको कार्यान्वय नगरेको गुनासो आएकोले यस पटक कडाइका साथ छुटको कार्यान्वयन गरिने उनले जानकारी दिए ।
त्यसका लागि सौराहा क्षेत्रमा रहेका होटल,रेष्टुरेष्ट र साना व्यवसायमा पत्रचार समेत गरिएको छ । फेष्टिवलमा स्थानीय जातजाती तथा विदेशी खानाको परिकार संगै स्थानीय कला,संस्कृति,भेषभुषाको प्रर्दशन गरिने फुड फेष्टिवलका संयोजक धु्रब गिरीले जानकारी दिए । फेष्टिव अन्तर्गत सौराहाको हात्तीचोक देखि ड्याक सम्म सडकमै खाने र सडमकै रमाउने व्यवस्था मिलाइएको छ । सडक किनारमै खाने र सडकका सांस्कृतिक कार्यक्रम अबलोकन गर्ने कार्यक्रम रहेको कार्यक्रम संयोजक गिरीले जानकारी दिए ।
फेष्टिवल अन्तर्गत मेयरकप भलिवल प्रतियोगिता, प्रेम पत्र लेखन प्रतियोगिता,वेटर रेस,महिलाहरुको म्युजिकल चेयर,वालवालिकाको बेलुन फुटाइ,डोरी तान्ने,अन्तर विद्यालय नृत्य प्रतियोगिता तथा सडक नाटक लगायतका कार्यक्रम हुनेछन ।
प्रेम दिवसको दिन फेष्टिवल प्रवेशका लागि काटिने टिकटबाट संकलन भएको पैसा मध्य ७५ प्रतिशत रकम गौतमबुद्ध क्रिकेट रंगशालालाई दिइने प्रचार प्रसार समितिका संयोजक सुर्यबहादुर रिमालले जानकारी दिए । झण्डै साढे दुई करोडको कारोवार हुने अनुमान गरिएको फुड फेष्टिबलमा एक लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको सह संयोजक कृष्ण अधिकारीले बताए ।
फेष्टिवलको सांस्कृतिक कार्यक्रम अन्तर्गत पशुपती शर्मा, प्रकाश सपूत, सम्झना भण्डारी, दुर्गेश थापा, शान्ती श्री परियार, अलमोडा राना उप्रेती, सम्झना लामिछाने मगर, कमल खत्री, कृष्ण अखेली, दुर्गा सापकोटा, रमेशराज भट्टराई, डिला बिक, रविन लामिछाने, राजन कार्की, अपेक्षा गिरी, जीवन दाहाल, चोलिन्द्र पौडेल, शितल शर्मा, अर्जुन सापकोटा, मनोज महतो, अनु चौधरी, डिबि लोप्चन, द न्याटिभ ब्याण्ड, बलराम सरकार लगायतका कलाकारको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक नविन नेपालले जानकारी दिए । फुडफेष्टिबल शुरु भएसँगै सौंराहामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ । सौंराहाका होटलहरु भरिभराउ भएका छन् । फेष्टिबल स्थानमा पर्यटकहरुको दैनिक ठुलो भिड लागीरहेको छ । भण्डाफोर अभियानबाट