Breaking News

नेता विष्णु पौडेललाई सामाजिक सञ्जालमा प्रश्नै प्रश्न-के बालुवाटारमा ५० हजार आनामा जग्गा पाइन्छ?

काठमाडौं । नेकपाको सरकारले बालुवाटार ललितानिवास जग्गा प्रकरणमा आफ्नो पार्टीका महासचिवलाई चोख्याउने मनाशय सहित अन्य १७५ जनालाई मुध्धा दायर गरेपछी अख्तियारको निष्पक्षतामाथी प्रश्न चिन्न खडा भएको छ । उसो त काठमाडौंस्थित बालुवाटारको १३७ रोपनी सरकारी जग्गा प्रकरणमा मुछिएका सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलका छोरा नविन पौडेलले आफूले ५० हजार आनामा ८ आना बालुवाटारको जग्गा किनेको बयान दिएपछी उनको सो बयानलाई आममानिसले पत्याएका छैनन् र महासचिव पौडलसहित सत्तारुढ नेकपा र सरकारको कडा आलोचना भईरहेको छ ।

अहिले बालुवाटारमा जग्गाको मूल्य प्रतिआना करिब एक करोड रहेको छ । तर, २०६१ सालमा नविनले ५० हजार आनाका दरले आफूले ८ आना किनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । सम्भवतः ०६१ सालमा बालुवाटारमा आनाको कम्तीमा १० लाख रहेको भन्दै सामाजिक सञ्जालमा नेता पौडेल र सरकारको आलोचना भइरहेको हो।

अख्तियारलाई बयान दिँदै नेता पौडेलका छोरा नविनले भनेका छन्, ‘मेरो नाममा बालुवाटारमा कुल आठ आना जग्गा छ । सो जग्गा मैले २९ पुस ०६१ मा तत्कालीन उमाकुमारी ढकाल्नी र माधवी सुवेदीबाट खरिद गरेको हुँ । प्रचलित कानुनबमोजिम रजिस्ट्रेसन लिखत पारित गरी लाग्ने राजस्व बुझाई चार लाख रुपैयाँमा खरिद गरेको हुँ । उक्त जग्गा सार्वजनिक सरकारी प्रकृतिको हो भन्ने कुरा अनुसन्धानका क्रममा मलाई जानकारी भएकाले सरकारी सार्वजनिक जग्गा भए त्यस्तो जग्गा पुनः नेपाल सरकारका नाममा कायम गर्नुपर्छ ।’

सामाजिक सञ्जाल बालुवाटारमै ५० हजार आनामा जग्गा पाइने रहेछ आफू त सस्तो खोज्दै अन्यत्र गइएछ भन्दै व्यंग्यात्मक रुपमा सरकार र नेता पौडेलको चौंतर्फी आलोचना भईरहेहछआलोचना गरेका छन् ।

sahid diwas