कण्टार चापाघाट खानेपानीको भवनको शिलन्यास

व्यास नगरपालिका/दमौली/तनहुँ
व्यास नगरपालिका वडा नं ५ चापाघाट मा रहेको कण्टार चापाघाट खानेपानी तथा
सरसफाई उपभोक्ता समितीको खानेपानी भवन शिलन्यास भएको छ । व्यास
नगरपालिकाका नगरप्रमुख वैकुष्ठनाथ न्यौपानेले एक समारोहका वीचमा उक्त भवन को
शिलन्यास गर्नुभएको हो ।
व्यास नगरपालिकाको खानेपानी ईकाईको ०७६।०७७ आर्थिक वर्षमा विनियोजन
भएको १७ लाख वजेटवाट उक्त भवन शिलन्यास आरम्भ गरिएको हो । २७६ घरधुरि
रहेको उक्त खानेपानी समितीवाट पाँच लाख एकसठी हजार जनश्रमदान वाट काम गरिने
समितीका अध्यक्ष वलभद्र खनालले वताउनुभयो । गण्डकी प्रदेश सरकारवाट समेत
खानेपानी योजनाका विस्तृत डिपिआर भईसकेको उक्त खानेपानी आयोजनाका लागी
अगामी आर्थिक वर्षका वजेटवाट वहृत खानेपानी टंकी निर्माण गरिने संस्थाका सचिव सन्त
कुमार श्रेष्ठले वताउनुभयो ।
खानेपानी जस्तो अत्यन्त मानवीय आवश्यकता वोकेको विषयमा नगरपालिकाले पनि
सकेको सहयोग गर्ने कार्यक्रमका प्रमुख अतिथी एवं व्यास नगरपालिकाका प्रमुख
वैकुष्ठनाथ मिश्रले वताउनुभयो । जनताको आधारभुत आवश्यकताको रुपमा रहेको
खानेपानी आपुर्तिका लागी स्थानिय तह प्रदेश सरकार र केन्द्रिय सरकार नै लागिपरेको
हुदाँ आयोजना सम्पन्न गर्नका लागी आफुले सक्दो सहयोग गर्ने पनि वहाँले
वताउनुभयो ।
वढ्दो मानव वस्ती सँगै खानेपानीको पनि समस्या वढ्दै गएको हुदाँ अवको
योजना भनेको दीर्घकालिन सोचका साथ खानेपानीको आपुर्तिका लागी ध्यान
दिनुपर्ने वडा नं ५ का वडाध्यक्ष एवं व्यास नगरपालिका का प्रवक्ता मोहन कुमार
श्रेष्ठले वताउनुभयो । ६० हजार लिटर खानेपानीको टंकी माफर्त खानेपानीको वितरण
गरिरहेको संस्था समय सँगै खानेपानीको अभाव भएको हुदाँ प्रदेश र केन्द्रिय सरकार
सँग नै वजेटका लागी पहल गरिरहेको संस्थाका अध्यक्ष वलभद्र खनालले वताउनुभयो ।