यी भाग्यमानी डिएसपी !

चितवन/यी भाग्यमानी डि.एस.पी. एकनारायण कोईराला जिल्लाकै प्रहरी प्रमुखको जिम्मेवारीमा रहेको एक महिना बढी भईसकेको छ । उसो त् जिल्ला प्रहरी कार्यालय चितवनमा दरबन्दी समेत नरहेका कोईराला काजमै जिल्ला प्रमुख पाउनु उनी भाग्यमानी भएरै हो ।

प्रहरी प्रधान कार्यालयले जिल्लामा लामो समयदेखि एसपी पठाउन नसकेको कारण कोईराला प्रहरी प्रमुखको जिम्मेवारीमा रहेका हुन् । देशकै केन्द्रभागमा रहेको अति नै संवेदनशिल जिल्ला चितवनमा प्रहरी प्रमुखको जिम्मेवारीमा रहनु, त्यो पनि एसपी प्रमुख हुने ब्यबस्था रहेको देशको मुख्य ब्यापारिक, पर्यटकीय तथा औधोगिक केन्द्रमा कार्यबाहक रुपमा यति लामो समयदेखि जिम्मेवारी पाउनु नैं कोईरालाको लागी भाग्य हो ।

जिल्लामा कहिले नयाँ एसपी आउने हुन् त्यो एकिन नहुँदा कोईरालालाई भने एसपी नहुँदै एसपीको जिम्मेवारीको अनुभव गर्ने मौंका प्राप्त भएको छ । कोईरालाले कमाण्ड समाले यता जिल्लामा कुनै आपराधीक घटना भएको छैन् । यधपी लामो समय प्रहरी प्रमुख नहुँदा जिल्लामा प्रहरीको तलबभत्ता लगाएत राशनपानी निकाशामा समस्या भएको जिल्लाका एक प्रहरीले बताए । उनले भने नयाँ एसपी नआउदा धेरै समस्या भएको छ, के गर्नु बोल्यो की पोल्यो हुन्छ, जसरी हुन्छ जागिर खानु छ के गर्नु हजुर ।

यता कोईरालाले भने आफुले जिल्लामा शान्तीसुरक्षा कायम राख्न कुनै कसर बाँकी नराखेको र सहि कमाण्ड समालिरहेको भन्दै खासै कुनै समस्या नभएको बताए । उता, चितवनमा कहिले नयाँ एसपी पठाउनुहुन्छ भनि भण्डाफोर अभियानले सोधेको प्रश्नमा प्रहरी प्रबक्ता शैलेस थापा क्षेत्रीले उचित समयमा पठाउने रेडिमेड जवाफ फर्काए ।