शहिद सविनको स्मृति दिवसमा शैक्षिक सामाग्री वितरण


चितवन/महान् सहिद स्व. कुलप्रसाद रेग्मी (सविन) को १६ औँ स्मृति दिवसको अवसरमा बालबालिकालाई स्टेश्नरी सामाग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न संघसंस्थामा आश्रित १६ जना बालबालिकालाई शहिद रेग्मीको परिवारले स्टेश्नरी समाग्री वितरण गरेको हो ।
शहिद सबिनका धर्मपत्नी संगिता भट्टराईको नेतृत्वमा मानव सेवा आश्रम, साहारको घर, आर्दश गृह, मञ्जुश्री असाहय संरक्षण केन्द्र, गामवेशीको संरक्षण केन्द्रका बालबालिकालाई स्टेशनरी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद घनश्याम दाहाल अविनाशले शहिदको सपना पुरा गर्न संघिय गणतन्त्रलाई मजबुद बनाउनुपर्ने बताए ।
उनले शहिद सविनले शाहदत प्राप्त गरेको दिनको स्मरण गदै भने, ‘२०६१ साल माघ १४ गते हामी हालको कालिका नगरपालिका वडा नम्बर ११ को एक घरमा बैठक बसिरहेका थियौ । तत्कालिन समयमा म चितवनको ईन्चार्ज थिए । सविनजी ६ जना घाईतेहरुको उपचारमा खटिनु भएको थियो । मैले फोन गरेर बैठकमा आउन भने तर उहाँले आफैलाई ज्वरो आएको र घाईतेको रेखदेख गर्न पर्ने हुदाँ आउन नसक्ने बताउनु भयो । यदि उहाँ आउनु भएको भए यो दिन आउने थिएन की ।’ तत्कालिन नेकपा माओवादी चितवन जिल्ला सचिवालय सदस्य कुलप्रसाद रेग्मी सविनको अधुरा सपनाहरु पुरा गर्ने काम परिवार बाट हुदै आएको उहाँकी श्रीमती नेकपा संगिता चितवनकी महिला नेता समेत रहेका भट्टराईले बताए ।
भट्टराईले परिवर्तनको समयमा उनले आफुलाई छाडेर गए पनि परिवर्तनको अभियानमा आफु सधै लागि रहने बताए । श्रीमानको शहिद सविनको २०६१ साल माघ १४ गते पुर्वि चितवनको जमुनापुरमा घाईतेहरुको उपचार गर्दैगर्दा सेनाले घेरा हाली निर्ममापूर्वक हत्या गरेको थियो ।
पार्टीको स्वास्थ्य विभागमा कार्यरत रेग्मीको घर पश्चिम चितवनको चनौलीमा पर्दछ ।