अर्बिट युनिक स्कुलद्धारा क्रिकेट रंगशालालाई ५१ हजार सहयोग


चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ५, बिकासचोक स्थित अर्बिट युनिक इङलिस स्कुलले रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालालाई ५१ हजार १ सय ११ रुपैयांँ सहयोग गरेको छ । स्कुलले १३औं बार्षिकोत्सवको अवसर पारेर उक्त रकम धुर्मुस सून्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । उक्त अवसरमा स्कुलले साताव्यापी खेलकुद प्रतियोगिताको आयोजना गरेको थियो । सो कार्यक्रमको उद्धघाटन धुर्मुस सून्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले गरेका थिए । उद्धघाटनपछि बोल्दै कट्टेलले विद्यार्थीको लागि सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञानको साथै खेलकुद पनि उत्तिकै अपरिहार्य रहेको बताए । खेलकुदले विद्यार्थीलाई स्वस्थ र स्र्र्फुिर्त बढाउन समेत मदत गर्ने उनको भनाई छ । कार्यक्रममा स्कुलका ईञ्चार्ज नारायण गौतमले खेलकुदको महत्व र औचित्यमाथि प्रकाश पारेका थिए । स्कुलका शिक्षा संयोजक देबी प्रसाद बञ्जाराले संचालन गरेको उक्त कार्यक्रमको सभापतित्व स्कुलका प्रिन्सीपल रामप्रसाद अधिकारीले गरेका थिए ।