रत्ननगर महोत्सवमा ब्याडमिन्टनमा केवर र किरणको जोडी पहिलो


चितवन, ०७ माघ
गत पुस २५ गतेदेखि सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव अन्तर्गत
मंगलबार विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको
बाह्रौँ दिन मंगलबार पूर्वीचितवन स्तरीय ब्याडमिन्टन तथा घैँटो फुटाइ
प्रतियोगिता भएका छन् । ब्याडमिन्टन प्रतियोगितामा केवल न्यौपाने र किरण
लामाको जोडी पहिलो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका खेलकुद
संयोजक दिनेश कट्टेलले जानकारी दिए । पहिलो पुरस्कारको प्रायोजन सूर्या
भेटेरिनरी काठमाडौँका सञ्चालक एवम् रत्ननगर महोत्सव अन्तर्गतका खेलकुद
संयोजक दिनेश कट्टेलले नै गरेका थिए । त्यस्तै सो प्रतियोगितामा दोस्रो भएका
केदार न्यौपाने र सुरज न्यौपानेको जोडीले १० हजार रुपैयाँ तथा तेस्रो भएका
कपील श्रेष्ठ र सन्देश बस्नेतको जोडीले पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा १५ टिम सहभागी थिए । त्यस्तै, मंगलबार नै भएको घैँटो
फुटाई प्रतियोगितामा पहिलो हुँदै सीताराम भट्टराईले पाँच हजार रुपैयाँ
पुरस्कार जितेका छन् । मंगलबार हुने भनिएको जनप्रतिनिधि र रत्ननगर महोत्सव
स्टेरिङ कमिटीको डोरी तान्ने प्रतियोगिता भने रद्द भएको खेल संयोजक
कट्टेलले जानकारी दिए । त्यस्तै, बुधबार झुवानी स्कुलमा अध्ययनरत फरक
क्षमताभएका विद्यार्थीहरुबीच दौड प्रतियोगिता हुने कट्टेलले बताए ।
तीन लाख पचार हजारले गरे महोत्सव अवलोकन
चितवन, ०७ माघ
समग्र चितवनको गौरव र गरिमायम प्रस्तुति भन्ने नाराका साथ सञ्चालन भइरहेको दशौँ
रत्ननगर महोत्सव २०७६ मा दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ । मंगलबार
बाह्रौँ दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख
५० हजार नाघेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल
संयोजक राजाराम रेग्मीले बताए । मंगलबार मात्रै ५० हजार दर्शकले महोत्सवको
अवलोकन गरेका रेग्मीको भनाइ छ । बुधबार महोत्सवमा आकर्षणको रुपमा लोक
तथा दोहोरी गायक रामजी खाँणको प्रस्तुति रहने उल्लेख गर्दै अध्यक्ष रेग्मीले
बुधबार महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या अझै बढ्ने बताए । दर्शकहरु
को माग र स्टल प्रदर्शकको चाहनाअनुसार महोत्सवलाई माघ ९ गतेसम्म सञ्चालन
गरिदैछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने
उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको
महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले
बताए । सो महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा
फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित
विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनी गरिएको रत्ननगर उद्योग
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सवमा विभिन्न
व्यवसायिक तथा माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै
परिसर सहित ५२१ वटा स्टल राखिएको श्रेष्ठको भनाइ छ । महोत्सवलाई सुरक्षित
बनाउनका लागि सिसिटिभी क्यामेराबाट निगरानी गरिनुका साथै पाँच करोड रुपैयाँ
बराबरको बीमा समेत गरिएको मूल संयोजक रेग्मीले बताए । स्वदेशी तथा
विदेशीगरि महोत्सवमा ५२१ वटा स्टल रहेको छ भने महोत्सवमा ५० करोड रु
पैयाँभन्दा बढीको आर्थिक कारोबार हुने बताइएको छ । महोत्सव अवलोकनका
लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ भने विद्यार्थीका लागि २५ रु
पैयाँ तथा अशक्त र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यस्था गरिएको
रेग्मीले बताए