प्रहरी सेवाप्रति किन नैरस्यता १ साढे दुई वर्षमा झण्डै सात हजारले दिए राजिनामा ।


काठमाडौं । नेपाल प्रहरीमा भर्ना भएका कर्मचारीमा जागिरप्रतिको निराशा बढ्दै गएको पाइएको छ । विगत साढे दुई वर्षको अवधिमा नेपाल प्रहरीतर्फ विशिष्ट तह (डीआईजी)देखि तल्लो तह (प्रहरी कार्यालय सहयोगी) सम्मका ६ हजार ८४६ जनाले राजीनामा दिएका छन् ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार दैनिक रूपमा सात जनाले राजीनामा दिने गरेको पाइएको हो । पर्याप्त सेवासुविधा नहुनु, राम्रो जागिरको अवसर पाउनु, संगठनमा राजनीति हावी हुनु, लामो समयसम्म बढुवा रोकिनुलगायतका कारण प्रहरीमा जागिरप्रति निराशा बढेको पाइएको छ । कतिपयले भने विदेश जानेकै लागि राजीनामा दिने गरेका छन् ।

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४र७५ मा २ हजार ५६४ जना प्रहरीले राजीनामा दिएका छन् । राजीनामा दिनेमा ३ प्रहरी नायब महानिरीक्षक (डीआईजी), २ प्रहरी नायब उपरीक्षक ९डीएसपी०, ८ प्रहरी निरीक्षक (इन्स्पेक्टर), १०४ सई, ३०७ असई, १ हजार ८०२ हवलदार, ३०७ जवान र ३१ जना कार्यालय सहयोगी छन् ।

आर्थिक वर्ष २०७५र७६ मा ३ प्रहरी उपरीक्षक (एसपी), ६ डीएसपी, १५ इन्स्पेक्टर, ९९ सई, ३५७ असई, २ हजार ८२ हवलदार, ४२९ जवान र ८२ जना कार्यालय सहयोगीले राजीनामा दिएका छन् ।

यसैगरी, चालू आवको ९ पुससम्म १ हजार २ सय ९ जनाले राजीनामा बुझाएका छन् । राजीनामा दिनेमा २ डीएसपी, ६ इन्स्पेक्टर, ८१ सई, १८९ असई, ७४२ हवलदार, १६० जवान र २९ जना प्रकास छन् ।
प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाल नियुक्त भएसँगै असन्तुष्ट डीआईजी रमेश खरेलले राजीनामा दिएका थिए । खरेलले महानिरीक्षकमा इच्छा देखाउँदै आए पनि खनाल महानिरीक्षकमा नियुक्त भएपछि योग्यताको कदर नभएको भन्दै राजीनामा दिएका थिए । त्यसअघि डीआईजी नवराज सिलवालले सरकारले प्रकाश अर्याललाई महानिरीक्षक बनाएपछि अवधि बाँकी रहँदै जागिर छाडेका थिए । सिलवालले महानिरीक्षकका लागि आफू पहिलो दाबेदार भएको भन्दै त्यसबखत असन्तुष्टि देखाउँदै राजीनामा दिएका थिए । उनी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०बाट प्रतिनिधिसभा सदस्य बनेका छन् ।

२०७४र७५ मै प्राविधिक तर्फकी डीआईजी शिला कंसकार कार्कीले पनि व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएकी थिइन् । प्रहरी प्रवक्ता डीआईजी शैलेश थापा क्षत्रीले भने समग्रतामा राजीनामाको क्रम नबढे पनि केही वर्षको तथ्यांकले त्यस्तो देखाएको बताए ।

उनले भने, ‘राम्रो अवसर आउँदा मानिसले जुनै पेसा पनि परिवर्तन गर्छ, यहाँ पनि त्यस्तै भएको हुन सक्छ । तर त्यस्तो राजीनामाको क्रम बढेको नै भने होइन,’ प्रहरी प्रवक्ता क्षत्रीले राजधानीसँग भने ।
त्यस्तै, राजीनामा धेरैले घरायसी कारण उल्लेख गरेका छन् ।

जागिर छाड्नेमा सबैभन्दा बढी प्रहरी हवलदार छन् । विगत साढे दुई वर्षको अवधिमा ४ हजार ६२६ जनाले राजीनामा दिएका छन् ।

अर्कातर्फ प्रहरीभित्र वरिष्ठ प्रहरी अधिकृतबाट हुने व्यवहार, ओभरटाइम ड्युटी, सेवा सुविधा, मूल्यांकनलगायत कारणले कनिष्ठ प्रहरीहरूले राजीनामा दिने गरेको पाइएको छ ।

यस्तै, १८ वर्षमै पेन्सन लिन पाइने भएपछि तल्लो दर्जाका प्रहरीले ३० वर्ष पूरा नगरी जागिर छाड्ने गरेका छन् । उनीहरू राजीनामा दिएर अन्य पेसामा जाने गरेका छन् ।
प्रहरीले संगठन छाड्ने क्रम रोक्न आन्तरिक सर्कुलर नै जारी गरेको थियो । तर, समस्या पहिचान गरी संगठनमै रहेर काम गर्ने वातावरण बनाउन नसकिएको प्रहरीका उच्च तहका अधिकारीले बताउँदै आएका छन् । प्रहरी नेतृत्वसहित राजनीतिक नेतृत्वले समेत यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ । आजको राजधानी दैनिकबाट ।