ध्वनी प्रदुषण रहित हल भएको होटल द नारायणी सञ्चालनमा


गैडाकोट । देशले पर्यटन वर्ष २०२० मनाइ रहेका वेला देशकै
मध्यभागमा अवस्थित नवलपरासीको गैँडाकोटमा सुविधा सम्पन्न होटल
सञ्चालनमा आउने भएको छ । पर्यटन वर्षलाई लक्षित गर्दै ‘होटल द
नारायणी प्रा.लि.’ ले आफ्नो सेवा सञ्चालनमा ल्याउन लागेको हो ।
चितवन र नवलपरासीका ६ जना पर्यटन ब्यवसायीहरु मिलेर गठन गरिएको
नारायणी विजनेश ग्रुपको ब्यवस्थापनमा स्थापना भएको हो होटलको यहि
माघ ८ गते विशेष कार्यक्रमका विच गँैडाकोट नगर पालिकाका प्रमुख छत्रराज
पौडेलले समुद््घाटन गर्नुहुने होटलले शुक्रवार पत्रकार सम्मेलन गरेर
जानकारी दिएको छ ।
२०७५ बैशाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ताभई निर्माण
शुरुगरिएको यस होटलको लगानी झण्डै सात करोड रुपियाँ रहेको पत्रकार
सम्मेलनमा जानकारी दिइयो ।
२०७४ मंसिर १ गते गैँडाकोटको नारायणी नदी किनारमा द नारायणी
रिसोर्ट सञ्चालनमा ल्याए सगैँ गठित नारायणी विजनेस ग्रुपको होटल द
नारायणी दोश्रो ब्यवसायिक प्रतिष्ठान हो । द नारायणी रिसोर्टको
उत्साहजनक सफलता सगैँ रिसोर्टकै भगिनी संस्थाका रुपमा होटल द
नारायणी जन्मिएको अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।
होटल द नारायणी प्रा.लि.मा ध्वनी प्रदुषण रहित ६ वटा वैठक तथा
सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका
विभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टूरेन्ट एण्ड वार, सुविधा सम्पन्न सुपर
डिलक्स रुमहरुको सुविधा रहेको छ