खिचरा महोत्सवमा अहिलेसम्मकै धेरै दर्शक, चर्चित कलाकारहरुले झुमाए दर्शक


चितवन, माघ १–
माघी (खिचरा) पर्वको अवसरमा पूर्वीचितवनको खैरहनीमा आयोजित
‘सातौं खिचरा महोत्सव–२०७६’ अन्तरगत आज चौथो दिन
अहिलेसम्मकै धेरै दर्शकहरु एपस्थित भएका छन् ।
आज माघी पर्व भएकाले पनि महोत्सवमा दर्शकहरुको निकै भीड
लागेको थियो । चर्चित कलाकारहरुको बजोड प्रस्तुतीले दर्शकहरुले
भरपुर मनोरञ्जन लिएका थिए । खैरहनी–५ गौचरनमा जारी
महोत्सवको साँस्कृतिक कार्यक्रम अन्तरगत आज चर्चित थारु गायक
मनोज महतोले प्रस्तुती दिएका छन् । उनले आज आफ्नो ‘ओइ
पगली’ एल्बम सार्वजनिक गर्दै दर्शकहरुलाई विभिन्न गीत
मार्फत दर्शकहरुलाई झुमाएका थिए ।
यस्तै सामाजिक सञ्जालबाट भाइरल भएकी बाल गायिका कमला घिमिरे,
भोजपुरी गायक सुनिल पण्डित, चितवनका युवा लोकदोहोरी गायक जिवी
सुनारलगायतले सांगीतिक प्रस्तुती दिएका थिए । यस्तै आज थारु
साँस्कृतिक नृत्य, अन्य विभिन्न नृत्यहरु र फेशन शो समेत
गरिएको साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी
दिए ।
महोत्सव अन्तरगत भोलि (बिहीबार) चर्चित गायिका तथा मोडेल ज्योति
मगर, राजन अर्याल, स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेको
साँस्कृतिक समितिका संयोजक चौधरीले जानकारी दिए ।
थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा
भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु
समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवले
खिचरा पर्वको संरक्षण गर्नमा महत्वपूर्ण योगदान पु¥याउँदै
आइरहेको महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि
चौधरीले बताए ।
महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको
साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष
१५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको
स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न
शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहने
आयोजकले जनाएको छ ।
यस्तै महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, अन्तर
विद्यालयस्तरीय चित्रकला, हाजिरी जवाफ प्रतियोगिता, ४० वर्ष माथिका
पुरुषको भेट्रान दौड, स्लो साइकल रेस, खिचरा फोटोरसेल्फी
फोटो प्रतियोगिता र फेस पेन्ट प्रतियोगिता रहने आयोजकले
जनाएको छ । यसवर्ष पनि महोत्सवमा प्रवेशका लागि विगतका वर्ष जस्तै
५० रुपैयाँ र विद्यार्थीका लागि ३० रुपैयाँ कायम गरिएको छ ।
चितवनका थारु समुदायले माघ १ गते खिचरा पर्व मनाउने गरेका छन् । यही अवसरमा विगत सात वर्षदेखि महोत्सव आयोजना हुँदै आइरहेको छ