चितवन उद्योग संघ पौडेलको नेतृत्वमा

चितवन । चितवनको भरतपुरमा शनिबार आयोजित चितवन उद्योग संघको वार्षिक साधारणसभा एवम् १५औँ अधिवेशनले राजु पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । अध्यक्ष सहित चितवन उद्योग संघमा ६ जना उपाध्यक्ष तथा २० जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज वस्ती रहेका छन् । त्यस्तै संघको कार्यसमिति सदस्यहरुमा प्रतिभा श्रेष्ठ, प्रकाशचन्द्र भट्टराई, टंकप्रसाद उप्रेती, भोजराज खनाल, अम्बर बहादुर अधिकारी, मदन चिरञ्जीवि पोखरेल, विष्णु प्रसाद पौडेल, ताराबहादुर कार्की, जितबहादुर हमाल, गोपाल प्रसाद गैर, डा प्रमोद लामिछाने, हरिप्रसाद भट्ट, दिनुपकुमार बराल, टिकादत्त अधिकारी, दण्डपाणि भट्ट, महेन्द्रबहादुर बानिया, पुरुषोत्तम रिजाल, रामचन्द्र अधिकारी, सुधा सुवेदी, अमर घिमिरे रहेका छन् ।

नवनिर्वाचित अध्यक्षले मन्तव्य राख्दै चितवन उद्योग संघको अगुवाईमा निर्माणधीन अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्रलाई पूर्णता दिनका लागि काम गर्ने बताए । सरकारको १५ करोड अनुदान तथा व्यवसायीहरुले संकलन गरेको १५ करोड रुपैयाँमा निर्माण गरिएको प्रदर्शनी केन्द्रका लागि अझै १० लाख रुपैयाँ अपुग भएको पौडेलको भनाइ छ ।